कमरेड माओको जन्म भएको ठिक १२९ बर्ष पुगेर १३०औं बर्षमा प्रवेश गरेको छ । क. माओलाई चिनियाँ जनताले त सम्झने नै भए तर वहाँलाई विश्वभरिका कम्युनिष्ट, सर्वहारा वर्ग र क्रान्तिकारीहरुले पनि त्यतिकै संझिने गर्दछन् ।
चिनियाँ जनता भन्नुको अभिप्रायह हो चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टी । चिनियाँ जनताले संझनुको अर्थ हो — माओको योगदानलाई संझनु । माओको योगदान भनेको माओले लामो र कठिन परिश्रमद्वारा पुरानो चीनलाई नयाँ चीनमा बदली दिनु र कम्युनिष्ट सत्ता स्थापना गरिदिनु । चिनिया जनताले माओलाई संझनुको अर्थ केवल माओको योगदानलाई संझने मात्र होइन, यो उपलब्धिको रक्षा र विकास गर्नु हो । उपलब्धि र विकास गर्नुको मतलव हो समाजवादी चीनलाई फेरी पुँजीवादमा जान नदिनु र समाजवादको सफल र वैज्ञानिक प्रयोगद्वारा विश्व साम्यवादको ढोका खोलिदिने अभिभारा काँधमा लिनु । यो महान अभिभारा क. माओले चिनियाँ जनताको काँधमा ठम्याएर जानुभएको छ । चिनियाँ जनताले क. माओलाई संझनुको मर्म र पर्याय यहि हो ।
दोस्रो चीन बाहिरका सर्वहारा वर्ग र कम्युनिष्ट क्रान्तिकारीहरुले संझनुको अर्थ हो माओेको योगदानको रक्षा र प्रयोग गर्नु । यो भनेको हरेक कम्युनिष्टहरुले माओका शिक्षाबाट आफ्नो मौलिकतामा आआफ्ना देशमा क्रान्तिको प्रयोग गर्नु र दोस्रो समाजवादी देश र त्यसको लीडरहरुमाथिको पुँजीवादी आक्रमणको रक्षा र प्रतिरोध गर्नु । रक्षा गर्नु भनेको माओवादको विकास हो । माओवाद मालेमावादको सार हो । बाहिरबाट माओलाई संझनेहरुले यहि दायित्व पूरा गर्नु पर्दछ । यो आज विश्वभरिका कम्युनिष्ट र सर्वहारा वर्गको अभिभारा बन्न आएको छ । योभन्दा बाहिरबाट माओलाई संझनुको कुनै अर्थ रहँदैन र त्यो केवल औपचारिकता, खोक्रो, ढ्वाङ्गी र स्वाङ्गी माक्र्सवाद हुन्छ । यो वहाँबाट फाइदा लिन चाहनेहरुको पुँजीवादीे पाखण्डीहरुको व्यापारको प्रचार मात्र हुन्छ । त्यसैले आज माओको १३० जन्मदिनको अवसरमा वहाँका योगदानहरुलाई संझौं आत्मसात गरौं र लागु गरौं । म यो अवसरमा कमरेड माओलाई निम्न हरफहरुबाट संझन चाहान्छु ।
कमरेड माओले संघर्षको क्षेत्रमा गरेका केही महत्वपूर्ण योगदानहरु
१. उत्तरी अभियान (१९२२ – १९२७),
कमरेड माओले चीनयाँ क्रान्तिको मोडेल स्थापना गर्नु भयो । जनयुद्धको मोडेल कमरेड माओ कै देन हो । वहाँले २०२१ को पार्टी स्थापना कालदेखि संघर्षको थालनी शुरु भयो । चिकपाले १९२२ – १९२७ सम्म उत्तरतिरका युद्ध सरदार र विदेशीहरुको हस्तक्षेपका विरुद्ध कोमिन्ताङसंग तालमेल गरेर उत्तरी अभियान चलायो । चीन एकातिर साम्राज्यवादीहरुले छियाछिया पारेको देश थियो भने अर्कोतिर आन्तरिक रुपमा युद्ध सरदारहरुबाट चलिरहेको सामन्तवादले जर्जर उपनिवेशिक मुलुक थियो । दक्षिणमा अफिम युद्धपछि वेलायतीहरुको राज थियो । मध्य र पूर्वी क्षेत्र जापानी साम्राज्यवादबाट ग्रसित थियो । उत्तरतिर युरोपियन साम्राज्यवादीहरुले बाँडिचुँडी कोपरीरहेका थिए । त्यसमा पनि असंख्य युद्ध सरदारहरुले जनतालाई सासना दिइरहेका थिए । यस्तो बेला क्रान्तिको अभियान सर्वाधिक कठिन हुनु स्वभाविक थियो । त्यसमा पनि पार्टीको दक्षिणपन्थी लाइनले झन भित्रै सकस पारिरहेको थियो । यस्तो बेला उत्तरी अभियान कोमिङताङसंगको तालमेलमा चलाइएको थियो । माओ आफै यो अभियानमा सरिक भएर नेतृत्व गर्नु भयो तर पार्टी नेतृत्वमा छन् तु स्यु थिए र उनको दक्षिणपन्थी अवसरवादी लाइले उतिकै अफ्ठ्यारो पारिरहेको थियो । १९२७ सम्म यो अभियान चल्यो । बीचमा कोमिङताङले मोर्चाबाट हात झिक्यो र अभियानबाट पछि हट्यो । त्यसले गर्दा पार्टीले क्षेतिहरु बेहोर्नु प¥यो र पछि हट्न प¥यो । यो अभियानको अवधि सन १९२२ बाट १९२७ सम्म रह्यो । १९२७ पछि उत्तरी अभियानले ब्रेक खायो र यसले दिशा बदल्यो । यो चिकपाको पहिलो क्रान्तिको अभियान थियो ।
२. जापान बिरोधी युद्ध र संयुक्त मोर्चा (१९३५–३९) :
उत्तरी अभियानमा पनि युद्ध सरदार र पश्चिमा युरोपियनहरुको हस्तक्षेपका विरुद्ध चिकपाले कोमिङताङसंग तालमेल गरेर अभियान चलाएको थियो । यो एक प्रकारको मोर्चा नै थियो । तर च्याङकाइसेकले कोमिङताङ र सेनाको पनि चिफ सम्हालेपछि कोमिङताङ र चिकपाका बीच सम्बन्ध विग्रिदै गयो । २७ पछि यो अवस्था उल्टियो र आपसी झडप शुरु भयो । यस बीचका केही बर्षहरु पार्टी आन्तरिक लाइन संघर्षमा अल्झियो । तर पनि बाहिर साम्राज्यावादी आक्रमणको निरन्तर मार खानु परिरहेको थियो । बाहिर कोमिङताङसंग र भित्र छन तु स्युको दक्षिणपन्थी कार्यदिशासंग माओलाई दोहोरो लड्नु पर्ने र त्यसैमा साम्राज्यवादी आक्रमणको चुनौति पनि छँदै थियो । पार्टीभित्र शहरबाट लड्ने कि गाउँबाट लड्ने भन्ने नै स्पष्ट नभएको अवस्थामा एक पछि अर्को रुपमा क्रान्ति विरोधी विचार, प्रबृत्ति र शैलीसित माओले निरन्तर संघर्ष गर्दै आउनु भएको थियो । २७ मा छनको लाइन पराजित भएपछि पनि एक पछि अर्को क्रान्ति विरोधी धारहरुसंग लड्नु प¥यो । सन १९३१ देखि १९३५ सम्म जाँदा वाङमिङको उग्रवामपन्थी लाइनले निकै अफ्ठ्रयारो पा¥यो । यस्तै विभिन्न रुपका क्रान्ति विरोधी विचार र शैलीहरुका विरुद्ध ३५ सम्म आउँदा ५ ओटा ठूला दुई लाइन संघर्षहरुलाई किनारा लगाउनु भयो । माओले कहिले दक्षिणपन्थी अवसरवादी, कहिले दक्षिणपन्थी आत्मसमर्पणवादी, कहिले दक्षिणपन्थी फुटवादी अराजकतावादहरुसंग, कहिले सैन्य विद्रोह भत्काउने प्रवृत्तिसंग त कहिले उग्रवामपन्थी विचार र धारसंग संघर्ष गर्दै आउनु भयो । १९३५ मा आएर बल्ल वाङमिङको उग्रवामपन्थी विचार र कार्यदिशा पराजय भयो ।
यसपछि कमरेड माओले संघर्षको धारलाई राष्ट्रिय मुक्तियुद्धतिर सोझ्याउनु भयो । किन कि यस बेला जापानी साम्राज्यवादले हमला तीव्र बनाएको थियो । १९३५ देखि ३९ सम्मको चिनियाँ क्रान्तिको चरित्र राष्ट्रिय मुक्ति युद्ध बन्न पुग्यो । यो अवधिको युद्ध जापानी आक्रमणकारीहरुका विरुद्ध प्रतिरोध युद्ध थियो । यसमा कमरेड माओले संयुक्त मोर्चाको अवधारणाको विकास गर्नु भयो । यसले एकातिर क्रान्तिकारी सेनाको मनोवल बढायो, अर्कोतिर प्रतिक्रियावादी च्याङकाइसेकको कथित राष्ट्रवादी अनुहार पनि उदाङ्गियो । तेस्रो चिनियाँ जनता राष्ट्रिय मुक्ति युद्धमा आकर्षित भए र चिकपाको जापानी आक्रमणकारीहरुको विरुद्ध प्रतिरोधमा संयुक्त मोर्चाको लाइनलाई व्यापक समर्थन प्राप्त भयो । चौथो दुश्मन सेनामा पनि विघटन पैदा ग¥यो । पाचौं यसले देशभक्त शक्तिहरुको बीचमा पनि व्यापक ध्रुवीकरण पैदा ग¥यो । यो पूरा चार वर्ष चलेको युद्धमा जापानी आक्रमणकारीहरु क्षतविक्षत भए र ठूलो नोकसानी बेहोरेर भाग्नु प¥यो । यो कार्यदिशाले चिनियाँ जनतालाई जापानी आक्रमणकारीहरुको अत्याचारबाट मुक्त गर्न चिकपा सफल रह्यो । यो कमरेड माओको नयाँ कार्यदिशाको करामत थियो र सफलताको कसी पनि थियो । यो क. माओको अर्को महत्वपूर्ण योगदान थियो ।
३. च्याङकाइसेकका बिरुद्ध गृहयुद्ध (१९३९–४९) :
माओले १९३९ मा आएर दीर्घकाललिन जनयुद्धको कार्यदिशालाई ठोस रुपमा अघि सार्नु भयो । यस अगाडिका ४ बर्षहरुमा जापानी साम्राज्यवादको आक्रमण विरोधी संयुक्त मोर्चाको माध्यमबाट जापानी सेनाहरुलाई लखेट्ने कार्यदिशा सफल भइसकेको थियो । जापानी सेना पूर्ण रुपले पराजित भइसकेपछि च्याङकाइसेकले कम्युनिष्टहरु दबाउने अभियान शुरु ग¥यो । माओले च्याङ्काइसेकसंग संयुक्त सरकारको प्रस्ताव अघि सार्नु भयो तर च्याङ काइ सेकले यो प्रस्ताव अस्वीकार मात्र गरेन अमेरिकाको सहयोगमा कम्युनिष्टहरुका विरुद्ध गृहयुद्धको घोषणा गरे । यता माओले दीर्घकालिन जनयुद्धको पास गरेर लामो युद्ध रणनीति अख्तियार गर्नु भयो । यस अघि माओको नेतृत्वमा एक बर्ष लामो लम्बे अभियान (अक्टुबर १९३४ देखि अक्टुबर १९३५ सम्म) सम्पन्न भइसेको थियो । ३ लाखले भाग लिएको लम्बे अभियानमा चिङकाङसान पुग्दा जनमुक्ति सेनाको संख्या ८ हजारमा झरेको थियो । चिङकाङसान पुगेर माओले घोषणा गर्नु भयो, यो जनमुक्ति सेना स्पात भएको सेना हो, यसले युद्ध जित्ने छ । नभन्दै जनयुद्धको कार्यदिशाबाट वाङमिङको गल्तीहरुलाई सच्याउँदै वाङमिङको पालामा गुमाएका आधार इलाकाहरु फेरी फिर्ता लिने अभियान शुरु भयो । च्याङ काइ सेकका सेनासंग घेरा र प्रतिघेरा बीच जनमुक्ति सेनाले कमरेड माओको नेतृत्वमा ठूलठूला सफलताहरु प्राप्त गर्दै १९४५ सम्म पुग्दा सन्तुलनबाट प्रत्याक्रमण गर्ने चरणमा चिनिया जनयुद्ध पुग्यो । ठूला ठूला ग्रामीण क्षेत्रहरु मुक्त पार्दै १९३९ बाट शुरु भएको दीर्घकालिन जनयुद्ध गाउँबाट शुरु गर्ने कार्यदिशाले एक दशक पार गर्दा नगर्दै चिनियाँ क्रान्तिले सफलता चुम्न सफल भयो । १९४९ अक्टुबर १ मा कमरेड माओले टियनमेन स्क्वायरमा लाखौं जनताको बीचमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको घोषणा गर्नु भयो । प्रतिक्रियावादी च्याङकाइसेक पूर्ण रुपमा पराजय भयो र भागेर ताइवान टापुमा गएर बस्यो । अमेरिकाले यसको रक्षा ग¥यो जो अहिले पनि अमेरिकी युद्ध अद्दाको रुपमा करीव ५० हजार अमेरिकी सेनाको सुरक्षामा च्याङकाइसेकको अवशेष अझै बाँकी छ । यो कमरेड माओको महान सफलता चिनियाँ जनाताको मात्र नभएर समस्त विश्व सर्वहारा वर्गको पनि विजय थियो ।
४. क्रान्ति सम्पन्न (१९४९)
चीनमा कमरेड माओको नेतृत्वमा सन १९४९ मा जनयुद्धको कार्यदिशाबाट क्रान्ति सम्पन्न भयो । विश्व क्रान्तिको इतिहासमा यो रुसपछिको क्रान्तिको दोस्रो मोडेल बन्न पुग्यो । अहिले पनि क्रान्तिको प्रश्न उठ्दा वितिकै प्रश्न उठ्छ कुन मोडेल ? नेपालमा १० बर्षको जनयुद्ध हामीले नै शुरु ग¥यौं । त्यस बेला पनि नेताहरु बढी यान्त्रिकतामा फसेको अनुभूत हुन्छ । भन्ने गर्थे – विश्वमा क्रान्तिका जम्मा दुई मोडेल छन् – रसियन मोडेल र चिनियाँ मोडेल । सवै हिसावले चीनी मोडेलसंग धेरै कुरामा मिल्ने भाएको हुनाले दीर्घकालिन जनयुद्ध नेपालको सन्दर्भमा सहि हुन्छ । यो जताबाट भन्दा पनि अलि यान्त्रिकता थियो । तै पनि यसले १० बर्ष घचेट्यो । जव साम्राज्यवादले चिनी मोडेल भन्ने बुझ्यो तव तगारो हाल्न थाल्यो । अन्तमा असफल बनाउनेतिर गयो । प्रचण्ड त्यसैमा फसेको हो ।
चीनमा क्रान्ति कहाँबाट शुरु गर्ने ? भन्ने विवादले पार्टीमा दुई लाइन संघर्षको रुप लिएको थियो । चीनमा कमरेड माओले अँगालेको एउटा तरिका गजव लाग्छ । वहाँले लाइन संघर्ष पनि गरिरहनु भयो र दोस्रो लाइन वालाहरुलाई वर्ग संघर्षमा प्रयोग पनि गर्न दिइरहनु भयो । पार्टीभित्र दुई लाइन संघर्ष पनि चलिरह्यो, फिल्डमा वर्ग संघर्ष पनि चलिरह्यो । माओ आफू अल्पमतमा पर्दा पनि पार्टी फुटाउनु भएन र अरुलाई फुट्न दिनु भएन । संगै वहाँले आफ्नो लाइनको बारेमा लडिरहन पनि छोड््नु भएन । यो वहाँको गजव तरिका थियो । नेपालमा अलिकति मत बाझ्ने वितिकै फुटिहाल्ने संस्कार नै बनेको छ, यो गलत छ । यसको कारण संसदवादी राजनीतिको प्रभाव हो । माओकालमा र तत्कालिन चीनमा संसद पनि थिएन र संसदवादको प्रभाव पनि कमजोर थियो । माओको संघर्ष परिचालन गर्ने खुबी थियो । त्यसैले पार्टी फुटेन, तर अहिले संसदवादले पुरै संसार र राजनैतिक दलहरुलाई लपेटेको छ । मुख्यत त्यसैको कारण पार्टीहरु फुटीरहेका छन् । नेपालमा पनि राजनीति असफल हुनु र जनतामा राजनीतिक दलहरु नाङ्गिनुको कारण पनि यहि हो । त्यसैले नेपालको राजनीतिक समस्या समाधानको चुरो कुरो संसदवादी राजनीतिको अन्त गर्ने र संसदीय व्यवस्थाको अन्त गर्नुको विकल्प छैन ।
जे होस क. माओले चीनमा तीन चरणमा आएर क्रान्ति सम्पन्न गर्नु भयो । पहिलो चरण उत्तरी अभियानको काल । यो अभियानमा पनि ठूलठूला सफलताहरु हात लागे तर अन्तमा जहाँ पुग्नु पर्ने हो त्यहाँ अभियान पुग्न सकेन । तर यसैको जगमा र यसका शिक्षाहरुसहित पछिल्ला युद्धहरुमा सफलताहरु हात लागे । दोस्रो चरण, जापानी आक्रमणको प्रतिरोध युद्ध थियो । यसमा चिनियाँ जनमुक्ति सेना सफल भएको छ । यसमा संयुक्त मोर्चाको अवधारणा दूरगामी महत्वको रहेको छ जो दुई धारे तरवार थियो । तेस्रो तथा अन्तिम चरण गृहयुद्धको चरण थियो । यो ठीक १० बर्ष चल्यो । यसले देशीय दलाल च्याङकाइसेकको सत्तामाथि अन्तिम धावा बोल्यो । यसले अमेरिकाको सहयोगमा अडेको च्याङको सत्ता उल्टाइदियो र चीन नयाँ चीनमा बदलियो ।
५. सर्वहारा साँस्कृतिक क्रान्ति (१९६६ – ७६) :
महान सर्वहारा साँस्कृतिक क्रान्ति कमरेड माओको क्रान्तिमा अर्को फड्को थियो । कमरेड माओले दीर्घकालिन जनयुद्धको रणनीति अन्तर्गत तीन चरण गरेर क्रान्ति सम्पन्न गर्नु भयो । पहिलो आन्तरिक सामन्त÷युद्ध सरदारहरु दवाउन, दोस्रो साम्राज्यवादलाई लखेट्न र तेस्रो सत्ता पल्टाउन । क्रान्तिपछि पनि वहाँले प्रतिक्रान्ति रोक्ने निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नु भयो । यो ज्यादै नै महत्वपूर्ण छ । चीनमा कमरेड माओले जीवनको अन्तिम क्षणमा प्रयोग गर्नु भएको यो तरिका वास्तवमै क्रान्तिको प्रक्रियामा होस या क्रान्ति पछि होस, आन्तरिक खराबीका विरुद्ध लड्ने यो अर्को क्रान्ति थियो । यसले क्रान्तिकालमा क्रान्तिलाई जीतसम्म पु¥याउन मद्दत गर्दछ भने क्रान्ति पछि यसले प्रतिक्रान्ति रोक्ने काम गर्दछ । त्यसैले साँस्कृतिक क्रान्ति महान शुद्धिकरण अभियान पनि थियो । चीनमा माओले एक दशक चलाउनुभएको यो अभियानले पूर्णता प्राप्त नगरे पनि यसले आन्तरिक र रणनीतिक रुपमा यो ज्यादै दूरगामी महत्वको थियो । यस दौरानमा माओले अघि सार्नु भएको “तीन गर र तीन नगर” को सूत्र कम्युनिष्ट राजनीतिमा मन्त्र बाक्य नै बनेको छ ।
ज्ञ) माक्र्सवाद लागु गर, संशोधनवाद होइन । (विचार सिद्धान्तमा)
द्द) खुला र स्पष्ट होउ, छलछाम र षड्यन्त्र होइन । (अन्तर संघर्षमा
घ) एकताबद्ध होउ, नफुट । (संगठन र विचारमा)
यस्तै यसै दौरानमा माओको संगठन सम्बन्धि गरेको अर्को सिद्धान्त पनि ज्यादै महत्वपूर्ण छ — एकमा तीनको सिद्धान्त (Three in One) ।
ज्ञ) हरेक तहका संगठनहरुमा “एक मा तीन”को सिद्धान्त लागु गर ।
यो खास गरी संगठनको क्षेत्रमा भन्नुभएको छ । हरेक संगठनहरुमा युुवा, प्रौढ र बृद्ध (नयाँ–युवा र पाका–पुराना)लाई मिलाएर राख । यो भनेको अनुभव र स्पीरिटको मेल हो जहाँ होस र जोस, बल र बुद्धि, सचेतन पक्ष र स्वतःस्पूmर्त पक्ष एकीकृत होस । जहाँ सम्पूर्ण तत्वहरुको एकीकरण हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुन्छ । यो कमरेड माओले संगठन सम्बन्धि र विचार क्षेत्रमा गर्नु भएको नयाँ विकास हो । सायद माओले यो नीति अलि पहिले लागु गरेको भए माओलाई पछि अलि सकस पर्दैनथ्यो कि ? माओलाई यो अलि ढिलो भइसकेको थियो भन्ने पनि एउटा संश्लेषण छ ।
पार्टी संगठनमा युवाहरुको भर्ति गर्ने कुराले पहिलो त ‘नयाँलाई पुरानाहरुबाट सिक्ने र पाको बनाउने र उत्तराधिकारी जन्माइरहने प्रक्रिया’को रुपमा यो सिद्धान्त ज्यादै महत्वको छ । यो पनि प्रतिक्रान्ति रोक्ने एक साधनकै संगठनबाट चालिने पहलु हो । दोस्रो यसले ‘संगठनमा पुरानोलाई रुढीवादबाट बचाउन र आन्दोलनलाई जाम हुन नदिन’ जुझारु युवा भर्ति आवश्यकता अर्को महत्वको प्रश्न हो र नयाँलाई सिकाउन पाको बनाउन र अराजकताबाट सहि ट्रयाकमा हिडाल्न पुरानाको आवश्यकता हुन्छ । युवा जोस जाँगर र गतिशिल, सिर्जनशिल सहि सदुपयोग र पाका पुरानाको अनुभव र सकारात्मक संश्लेषणहरुलाई एक ठाउँमा लिने यो इतिहासको शिक्षालाई बर्तमान यथार्तसंग जोडन्ु पनि हो । जो सिद्धान्त र व्यवहार बीचको अन्योन्य सम्बन्ध र द्वन्द्ववादको एउटा अनिवार्य प्रक्रिया पनि हो । पुरानो अनुभवको खानी हुन्छ नयाँ अनुभवको भोको हुन्छ । यसको समायोजन क्रान्तिको लागि उर्जा बन्न पुग्दछ । यो एकमा तीनको सिद्धान्तको सार हो ।
यसरी महान सर्वहारा साँस्कृतिक क्रान्ति आज कम्युनिष्ट र सर्वहारा वर्गका लागि एक अजेय हतियार बनेको छ ।
कमरेड माओबाट के सिक्ने ?
१. विद्रोहको चेत ः
कमरेड माओ ९ बर्षमै गलत विरुद्ध उभिनु भएको छ । ११ बर्षमै परिवारबाट विद्रोह, स्कूलमा विद्रोह, सेनामा, धर्ममा, पार्टी राजनीतिमा, पार्टीभित्र लाइन संघर्षमा र राज्यसत्तासंग विद्रोह, तर यी सवै विद्रोहहरु गलत र पुरानोका विरुद्ध विद्रोह थिए । यो असंभव जस्तै देखिने विद्रोहहरु कमरेड माओका अमूल्य शिक्षा हुन् । त्यसैले वहाँको जीवनको अर्को पर्याय विद्रोह पनि हो । विद्रोह त सवैले गर्छन् तर विद्रोहको अर्थ र परिणाम मुख्य हो । पद, प्रतिस्था, व्यक्तिगत स्वार्थ र आकाँक्षा पूरा गर्न, क्षणिक आवेग, घर्की, धम्की र बार्गेनिङमा हुने विद्रोहहरु विद्रोह होइनन् । विद्रोहको चेत र सन्देश कस्तो हुन्छ र यसको परिणाम कस्तो हुन्छ कमरेड माओबाट सिक्ने कुरा यहि हो ।
२. निरन्तर संघर्ष ः
क्रान्ति दुई चार दिनको लहड होइन, निरन्तर क्रान्ति माओबाट सिक्ने अर्को शिक्षा हो । कमरेड माओ कै भनाइमा दुई चार दिन राम्रो भाषण एकाध वर्ष राम्रो काम, २÷४ दिन, २÷४ बर्ष चकाचौध जो कसैले पनि गर्न सक्छन् तर जीवनभरी गर्न सक्छ कि सक्दैन भन्ने कुरा मुख्य हो । कसैले जीवनभरि राम्रो ग¥यो भने त्यो महानता हो । यसको सार नै राजनीतिमा निरन्तर क्रान्ति हो । माओेको जीवन संघर्ष नै संघर्षमा वितेको छ । वहाँले जीवनको अन्तिम अवस्थासम्म पनि संघर्ष याने क्रान्ति गरिरहनुभएको थियो । त्यसैले माओको जीवनको अर्को पर्याय संघर्ष पनि हो । संघर्ष पनि सवैले गर्छन् तर के का निम्ति र कसका विरुद्ध संघर्ष गर्ने ? कतिखेर कसरी गर्ने ? भन्ने कुरा मुख्य हो । माओको संघर्षमा सिक्ने शिक्षा यहि हो ।
३. क्रान्तिको नयाँ मोडेल ः
नयाँ क्रान्तिका लागि क्रान्तिको नयाँ मोडेल आजको आवश्यकता हो । हरेक क्रान्ति नयाँ अनुहारमा हुने गर्दछ । पेरिस कम्युनभन्दा रुसी क्रान्ति नयाँ थियो । रुसी क्रान्तिभन्दा चिनी क्रान्ति नयाँ थियो । क्युवाको क्रान्तिको मोडेल पनि अरुभन्दा नयाँ शैलीमा गरिएको थियो । भियतनाम, लाओस र कम्बोडियाका क्रान्तिहरु पनि केही नयाँपन छोडेर गएकाछन् । १० बर्षको नेपाली जनयुद्धमा पनि केही नयाँपना थियो त्यसकारण १० बर्षको जनयुद्धले जितेको हो । जव नयाँपन सकिन्छ त्यसमा नयाँपन भर्न सक्नु बस्तुको विकास हो । जव नयाँपन भरिदैन बस्तु विस्तारै रुढीवादमा फस्छ । यथास्थितिको शिकार बन्छ र अन्ततः त्यो पश्चगामी बन्न पुग्छ । धर्म यसको साक्षत उदाहारण हो । धर्म पनि कुनै जमानामा प्रगतिशील थियो । त्यसले आफूलाई विकासको मञ्जीलमा विकास गर्न नसक्दा पुराना चीजहरु रुढीवाद र मन्त्रवादमा परिनत भए । समाज गतिमा छ । चेतना झन गतिमा छ । यस अनुसार बदल्न सकिएन भने हरेक चीज रुढीवादी बन्छ । एक ठाउँमा पुग्दा त्यो प्रतिक्रियावाद बन्न पुग्छ । झापा आन्दोलन र माओवादी आन्दोलन हाम्रा सामु छन् । विचारमा, सिद्धान्तमा, दर्शनमा, अर्थनीतिमा, स्वभाव–शैलीमा, संगठन संरचनामा, कार्यदिशामा नयाँपन भएन भने जीवन आउँदैन । नयाँपनको नाममा सिद्धान्त र विचार नै त्यागेर गरिने नयाँपनले अर्को ठाउँमा पु¥याइदिन्छ । त्यसैले पुरानोको सारतत्वसहितको नयाँपनलाई यहाँ नयाँ मोडेल भन्न खोजिएको छ । यसरी जहाँ नयाँ ढंगले मोडेल खडा भएका छन् त्यहाँ क्रान्तिहरु सफल भएका छन् । जहाँ नक्कलमा पुरानै कार्यदिशा लागु गरिएको छ असफल छन् । चीनमा माओले दिनुभएको शिक्षाको सार यहि हो ।
४. आन्दोलनलाई एकताबद्ध राख्नु ः
पार्टीलाई र आन्दोलनलाई एकताबद्ध बनाउन पनि माओबाट सिक्न जरुरी छ । क. माओले चिनियाँ क्रान्तिको मोडेलको बारेमा पार्टीभित्र र बाहिर संघर्ष गरिरहँदा पार्टी फुटाउने अनेक हर्कतहरु भए पार्टीमा । स्वयं क. माओलाई कार्वाही गरिंदा पनि विचलित नभएर पार्टीमै रहेर निरन्तर लाइन संघर्ष चलाउनुका साथै फुटपरस्त तत्वहरुसंग पनि संघर्ष गरिरहनु भयो । बास्तवमा चीनमा वहाँले १० ठूला लाइन संघर्षहरु गरिरहँदा पनि माओले कहिल्यै पार्टी फुटाउनेतिर सोच्नु भएन बरु फुटवादीहरुसंग लडिरहनुभयो । चिनियाँ कम्युनिष्ट पार्टी र आन्दोलनमा एकताबद्ध बनाइरहनुमा कमरेड माओको महत्वपूर्ण भूमिका रहेको छ । क्रान्तिपछि पनि गलत तत्वहरुले सत्ता हत्याउने र कब्जा गर्ने निरन्तर प्रयासहरु गरिरहे । त्यसको विरोधमा पनि माओ लडिरहनु भयो र पार्टी, आन्दोलन र क्रान्तिलाई एकताबद्ध बनाइरहनु भयो । यो शिक्षा नेपाली कम्युनिष्ट लीडरहरुले निधार खुम्च्याएर सोच्नु र सिक्नु पर्छ ।
५. राष्ट्रिय मुक्ति युद्ध र जनमुक्ति युद्धलाई एकीकृत गर्न सक्नु ः
आजको नवऔपनिवेशिक युगमा राष्ट्रिय मुक्ति र जनमुक्तिका लागि गरिने क्रान्तिलाई एकीकृत गर्न माओबाट शिक्षा आवश्यक छ । त्यसबेला चीन अर्धउपनिवेशिक मुलुक थियो । अर्थव्यवस्था अर्धसामन्ती थियो । नेपाल आज भिन्न प्रकारले नवउपनिवेशिक अवस्थामा छ । सामन्तवाद र पुँजीवादको खिचडी अर्थव्यवस्था भएको दलाल पुँजीवादी व्यवस्था छ । यस्तो बेला क. माओबाट सिक्नै पर्ने राष्ट्रियता र जनतन्त्रको एकीकरण हो । हाम्रो पनि यो संग मिल्दोजुल्दो अवस्था छ तर ठ्याम्मै मिलेको अवस्था भने होइन । साम्राज्यवादको अवस्था र तरिका हिजोको र आजको भिन्न छ । घरेलु सत्ताको चरित्र पनि भिन्न छ । फेरी पनि नेपालको सन्दर्भमा राष्ट्रियता र जनतन्त्रको चुनौति नै आजको क्रान्तिको मुख्य चुनौति हो । यी दुईलाई एकीकृत गरेर एकीकृत क्रान्ति गर्नु नै माओको शिक्षाको सार हो ।
६. सशस्त्र क्रान्ति ः
सत्ता बन्दुकको नालबाट जन्मन्छ, सशस्त्र संघर्ष भनेको हातको विस्तार मात्र हो, युद्ध हिंसात्मक राजनीति हो र राजनीति अहिँसात्मक युद्ध हो, जनयुद्ध जनताको युद्ध हो । जनयुद्ध अन्तिम युद्ध हो, जनयुद्ध समग्र युद्ध हो, जस्ता माओका समय सन्दर्भका भनाईहरुले क्रान्ति शान्तिपूर्ण र संसदीय बाटोबाट होइन बल प्रयोगको माध्यमबाट मात्र संभव छ । सत्ता बन्दुकको बलमा मात्र प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई माओले बडो स्पष्ट ढंगले राख्नु भएको छ । नेपालमा क्रान्तिको बारेमा जुन विमर्श र फुट–विभाजनहरु भइरहेका छन् – सशस्त्र कि शान्तिपूर्ण ? भन्ने बिबादका कारण भइरहेको छ । यसमा माओले सशस्त्र र बल प्रयोग बिना जनताको सत्ता स्थापना गर्न सकिदैन भन्ने स्पष्ट जवाफ दिनुभएको छ र लामो युद्ध जनयुद्धबाट सशस्त्र क्रान्ति गरेर चीनमा जनवादी सत्ता स्थापना गरेर व्यवहारिक पुष्टि दिनु भएको छ । सिद्धान्त र व्यवहार (Theatrical / Practice)मा, भनाइ र गराइमा वहाँले सावित गरेर देखाइदिनु भएको छ ।
७. यान्त्रिक मोडेलको विरोध ः
यान्त्रिक कार्यदिशाबाट बचौं, आन्दोलनलाई क्षतिबाट बचाऔं, सहि र वैज्ञानिक कार्यदिशाले मात्र विजय संभव हुन्छ भन्ने तथ्य चिनियाँ क्रान्तिको महत्वपूर्ण शिक्षा हो । प्रचण्डले जनयुद्ध कालमा माओको शब्द सापद लिएर बार बार भनिरहन्थे – “क्रान्तिको पुनराबृत्ति हुँदैन ।” यो कुरालाई किरण र बाबुरामहरुले पनि निकै पटक दोहो¥याए तर व्यवहारमा उल्टो गरे । भन्ने एउटा गर्ने अर्को । आखिरमा यी आफै पुनराबृत्तिको शिकार भएर सिद्धिए । वास्तबमा ‘भन्ने कुरा जस्तो गर्ने कुरा सजिलो हुँदैन रहेछ ।’ माओले जस्तै कठिन र जीवनभरि बलिदानीपूर्ण संघर्ष गर्न जो कसैले सक्दैनन् भन्ने कुरा नेपाली क्रान्ति पनि एउटा उदाहारण बनेको छ । कथनी र करणीका बीचमा धेरै ठूलो अन्तर हुँदो रहेछ भन्ने शिक्षा पनि चिनियाँ क्रान्ति र नेपाली क्रान्तिलाई एक ठाउँमा राखेर हेर्दा थाहा हुन्छ । नेपाली नेताहरुको आनीबानी र स्वभाव चिन्तनमा अलि बढी ‘ब्राह्मणवाद’ हावी छ । पंडित्याईंवाद र मन्त्रवाद ब्राह्मणवादका अंश हुन् । उपदेश दिने तर आफूले नगर्ने, मन्त्र जप्ने तर नयाँ, सिर्जनशील र गतिशील सोच नहुने, आफू मात्र सहि अरु सव गलत, म नै सवैभन्दा जान्ने, अरु सव अन्जानहरु, अरु अगाडि बढेको र विकास गरेको हेर्न नसक्ने, खुट्टा तान्ने, षड्यन्त्र गर्ने, भन्ने एउटा गर्ने अर्को, जताबाट पनि पद र प्रतिस्था, ऐश–आराम र स्वार्थ आदि यी सव पंडित्याईंवादका अंशहरु हुन् । यसले हरेक चीजलाई घोक्ने वा कण्ठ गर्ने, नक्कल गर्ने, चाकडी, चप्लुसी गर्न सिकाउँछ । यी सव पंडित्याईंवादका उपज हुन् । नेपाली क्रान्तिका बाहक भनिनेहरु प्रायः सवै नेताहरु यो रोगबाट ग्रसित छन् र आपूmले पनि नगर्ने वा नयाँ नसोच्ने र सोच्ने र बनाउनेलाई पनि नानाभाँती आरोप लगाएर बनाउन नदिने, सिध्याउने, भड्काउने वा गर्न नदिने संस्कार छ । यसबाट बच्दै अहिले नेकपाले नयाँ मोडेल अगाडि पस्की रहँदा यान्त्रिकतावादीहरुबाट निकै सामना गर्नु परेको छ । उनीहरुलाई हाम्रो आग्रह छ — कम्तीमा माओबाट सिक्ने कोशिस गर्नुस ।
८. माक्र्सवादका ३ आधारभूत तत्वको रक्षा ः
वर्ग संघर्ष, वर्ग पक्षधरता र वर्ग अधिनायकत्व माक्र्सवादका ३ आधारभूत तत्व हुन् । यसमध्ये कुनै एकलाई छोड्यो भने माक्र्सवाद माक्र्सवाद हुँदैन, त्यो संशोधनवाद वा असवरवाद हुन जान्छ । कुनै पनि सिद्धान्तका दूई पक्ष हुन्छ — एउटा बदलिने र विकास हुने पक्ष । दोस्रो नबदलिने तत्व । माक्र्सवादका ३ आधारभूत तत्वहरु छन् — बल प्रयोग, वर्ग संघर्ष र वर्ग पक्षधरता । यी तीन नबदलिने तत्वलाई बदलिलियो भने त्यो माक्र्सवादको रुपमा रहँदैन कुनै ‘वाद’ बन्न पुग्छ । सुनमा सुनको तत्व भएन भने त्यो सुन हुँदैन । पितल मिसाएर सुन भनियो भने त्यो मिल्दैन । आजको जमाना पुँजीवादी जमाना हो । पुँजीवादको सार मुनाफा हो । कसैले सक्कली बस्तुमा नक्कली चीज मिसाएर किन व्यापार गर्छन् भन्दा नाफाका लागि । माक्र्सवादमा नक्कली चीज मिसाएर कसैले यहि हो माक्र्सवाद भन्छ भने त्यो पनि व्यापार नै हो । त्यो पुँजीवाद हो । बल प्रयोगमा बल प्रयोग नै हटाइदिएर शान्तिपूर्ण भनेपछि त्यो कसरी माक्र्सवाद हुन्छ । वर्ग संघर्षमा वर्ग संघर्ष छोडि दिएपछि कसरी माक्र्सवाद हुन्छ । वर्गको पक्षधरता नै छोडेपछि कसरी माक्र्सवाद हुन्छ ? यी तीनै तत्व बदलेपछि त बस्तुको रुपरंग, तौल, स्वरुप, आयतन नै अर्को बन्न पुग्छ अनि कसरी त्यो माक्र्सवाद हुन्छ ? यो फतुर बकवास मात्र हो ।
जहाँसम्म बिकास गर्ने र बदलिने पक्षको कुरा छ — बल प्रयोगलाई नछोडेर बल प्रयोगका रुपहरु बदल्न सकिन्छ । यसका तरिकाहरु बदल्न सकिन्छ । ठाउँ, अवस्था र समय अनुरुप यसका रुपहरु बदलिन सक्छन् । यो माक्र्सवाद हो । वर्ग संघर्षका रुपहरु बदलिन सक्छन् । बर्ग पक्षधरताका रुपहरु भिन्न हुन सक्छन् तर परित्याग हुँदैनन् । यो माक्र्सवाद हो । अहिलेसम्मका क्रान्ति र संघर्षहरुले दिएको शिक्षा यहि हो ।
९. एकीकृत जनक्रान्ति ः
माक्र्सवाद–लेनिनवाद–माओवादको पछिल्लो संश्लेषण नेपालमा नेकपाले प्रक्षेपण गरेको एकीकृत सिद्धान्त हो । यस अन्तर्गत एकीकृत जनक्रान्ति नेपाल क्रान्तिको नयाँ मोडेल हो । अहिले सम्म नेपालमा कहाँबाट शुरु गर्ने र कसरी शुरु गर्ने भन्ने प्रश्नमा एउटा दुईटा मोडेलहरु प्रयोग भएका छन् । एउटा सशस्त्र मोडेल, दोस्रो, शान्तिपूर्ण जनआन्दोलनको मोडेल । पहिलो मोडेलहरुमा २००७ सालको राणा शासनको विरोधमा नेपाली काँग्रेसको विद्रोह, २००९ सालको पश्चिम नेपालको भीमदत्त पन्तको किसान विद्रोह, २०२८ सालको पूर्वी नेपालको जमिन्दारहरुका विरुद्ध उठेको झापेली विद्रोह, २०५२ सालमा सामन्तवाद र संसदवादका विरुद्ध उठेको १० बर्षको जनयुद्ध रहेका छन् भने शान्तिपूर्ण आन्दोलनको मोडेलहरु २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ मा जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलन रहेका छन् । यी आन्दोलनहरु सुधारवादी आन्दोलनको रुपमा परिचित छन् । यी सवैको जगमा सशस्त्र विद्रोह छ । सवै शान्तिपूर्ण आन्दोलनहरु विदेशी शक्ति केन्द्रहरुको षड्यन्त्रमा सुधारवादी सहमतिमा टुँगिएका छन् भने सशस्त्र विद्रोहहरु पनि शक्तिकेन्द्रहरुकै षड्यन्त्रमा कित दमन गरेर सिध्याइएको छ कि त सहमतिमा टुहाइएका छन् । दुबै मोडेलहरुका बीचमा सिङ्गो आन्दोलन र पार्टीहरुमा गंभीर विवाद र बहसहरु चल्दै आएका छन् । नेकआमा हुँदै आएको फुट विभाजन र मोर्चा तथा एकताका प्रयासहरु यसै दुई मोडेलका परिणाम हुन् । यी सवैको संश्लेषणमा दुबै मोडेलहरुलाई एकीकृत गरेर अहिले एकीकृत जनक्रान्तिको कार्यदिशा बनाइएको छ । कतिपयले यसलाई सार संग्रहवादी आरोप लगाएकाछन् तर सत्य त्यो होइन । यो सारसंग्रह पनि होइन, फ्युजन पनि होइन, यो संयोजन पनि होइन । यो एकीकरण हो । त्यसैले एकीकृत कार्यदिशा भएको हो । यो माओ कै शिक्षाको सार हो ।
१०. नेपालको वर्ग संघर्ष र नेपाली क्रान्तिले उजागर गरेको संशोधनवाद ः
नेपालमा नेपाली क्रान्तिले संशोधनवादको नयाँ नयाँ रुपहरुलाई सतहमा ल्याइलिएको छ । खास गरी नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेको संशोधनवादको एउटा रुप क्रान्तिकारी अनुहारमा यान्त्रिक माक्र्सवाद देखा परेको छ । यो दार्शनिक आधार अधिभूतवादी जदसूत्रवाद हो । दोस्रो संशोधनवादको रुप संसदवादी संशोधनवाद देखा परेको छ । यो पुँजीवादी अराजकतावादमा देखा परेको छ । यी दुई संशोधनवादबाट बच्दै सिर्जनशील र विकासशील माक्र्सवादलाई पकडौंं ।
उपरोक्त योगदान र शिक्षाहरुका साथै माओले माक्र्सवादको तीन संघटक अंगमा गरेको योगदान, वहाँका दश महत्वपूर्ण दुई लाइन संघर्षमा गरेका योगदानहरु असाध्य महत्वका छन् जुन यहाँ उल्लेख गर्न संभव रहेन । यसलाई पनि समय क्रममा उल्लेख गर्दै जाने नै छौं । अहिलेलाई कमरेड माओ यी उल्लेखित योगदानहरुको रक्षा र विकास गर्नमा प्रतिबद्ध बनौं । कमरेड माओको १३० औं जन्म दिवसको अवसरमा क. माओलाई श्रद्धा सुमन ।
८ पौष २०७९