एकजना सर्टिफिकेटधारी डाक्टरको एकाबिहानै एउटा अनलाईन पत्रिकामा लेख आयो । लेखको टाउकामा बडेमानको अक्षरले लेखिएको थियो ‘विप्लवको दरबारमा कलपूजा’ । २०७९ कात्तिक २५ गते नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौं महाधिवेशनको उद्घाटन कार्यक्रम श्रमजीवि जनताको आफ्नै पसिना र लगानिमा निर्मित पार्टीको केन्द्रीय सम्पर्क कार्यलय कपिलबस्तु जिल्लाको शिवगढीमा सम्पन्न हुँदै थियो । देशैभरीबाट करिब ७०० जना अगुवा नेताकार्यकर्ताको जमघट, हजारौं जनसमुदाय र शुभकामनाका निम्ति रणनीतिक संयुक्त मोर्चामा आबद्ध भाइचारा पार्टीका शीर्षस्थ नेताहरु सहभागि भएको ऐतिहासिक नवौं महाधिवेशनलाई तुच्छ र क्षुद्र शब्दहरुको थुप्रोले प्रहार गर्दा डिग्रीधारी विद्वानको प्रमाणपत्र पनि लजाएको हुनु पर्दछ ।
डिग्रीवालाको दृष्टिले जङ्गलको बीचमा ठडिएको भव्य घरमात्र देख्यो, श्रमिक जनता र पार्टीको रगत पसिना र लगानी देखेन । बालुवा, गिट्टी, इट्टा र रडको थुप्रो मात्र देख्यो तर क्रान्तिकारी पार्टीको मुख्यालय देखेन । प्रकृतिको हरियाली भित्र कङ्क्रिटको दरबार र भव्य हल र कोठाहरुमात्र देखे तर पार्टी र नेतृत्वको दृष्टिकोण देखेन त्यसैले त आरिसमा जल्नेहरुलाई पच्दै पचेन ।
कम्युनिष्ट पार्टीको विचार, नीति, कार्यक्रम, सङ्गठन र नेतृत्वको बहस गर्ने विशेष महत्वको ऐतिहासिक कार्यक्रमलाई कलपूजा देख्ने इष्र्यालु नजर र मगजले क्रान्तिको लागि तयार लाल दस्तालाई देख्न सकेन । जनता, कार्यकर्ता र नेताको बुद्धि जुधाएर निर्माण गरेको चम्किलो र धारिलो हतियारलाई देख्न सकेन । रिस, आवेग, उत्तेजना, आक्रोश र कुण्ठाले भरिएको १५०० शब्द भन्दा बढीको लेखमा शुभकामनासम्मको शब्द पनि अट्न सकेन । यो हाम्रो दोष होईन, यो त प्रमाणपत्रधारी मनुवाको दृष्टि दोष हो ।
विभिन्न र भयङ्कर, आन्तरिक र बाह्य, षड्यन्त्र र घेराबन्दीको बीचबाट विश्व कम्युनिष्ट आन्दोलनको एक टुकुडी नेपाली श्रमजीवि जनताको अग्रदस्ता नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नवौं महाधिवेशन उल्लासमय र गौरवमय ढङ्गले सम्पन्न ग¥यो । यो महाधिवेशन एउटा आवधिक कार्यक्रम मात्र थिएन । यो त विचार, कार्यदिशा, कार्यनीति र सङ्गठनको संकेन्द्रण थियो । असली जनवाद(प्रजातन्त्र)को डेमो थियो । समाजवादी सत्ताका भ्रुणहरु जन्माउने कार्यशाला थियो । समाज विज्ञानका अध्येताहरुको खुला विश्वविद्यालय थियो । त्यसैले ऐतिहासिक नवौं महाधिवेशन प्रगतिशील, क्रान्तिकारी कम्युनिष्टहरुको बहस र आसाको केन्द्र बन्न पुगेको छ ।
२०७१ सालमा पार्टी पुर्नगठन भएपछि दाङको राष्ट्रिय सम्मेलन र आठौं महाधिवेशनसम्म आउँदा पनि पार्टी र नेतृत्वमाथि थुप्रै आशङ्का, प्रश्न र आरोपहरु थिए । हाम्रो अगाडि क्रान्तिकारी विचार र पार्टी निर्माण अनि त्यसको प्रयोगको सन्दर्भलाई लिएर आउने चुनौति र आशङ्काहरु त थिए नै त्यसको अलवा प्रचण्ड—बाबुरामहरुको गल्तिका कारण उब्जिएका प्रश्नहरुको जवाफ समेत पार्टीले सामना गर्दै अगाडि बढ्नुपरेको थियो । स्थानिय तहको निर्वाचन र संसदीय निर्वाचनको खारेजी अभियान तथा पछिल्लो प्रतिबन्धसम्म आउँदा पार्टी आन्दोलन र नेतृत्वको उचाईले सबै प्रकारका आरोपहरु मिथ्या साबित भए ।
भ्रम र प्रश्नहरुको जवाफ राष्ट्रियता, जनजीविका र जनतन्त्रको विषयमा गरेका जनपरिचालन तथा जनसङ्घर्षले नै स्वतः दियो । तीन बुँदे सहमति र एम.सी.सी विरुद्धको जनसङ्घर्षसम्म आउँदा वर्ग सङ्घर्षको नेपाली मोडेल एकीकृत जनक्रान्तिको कार्यदिशाले नयाँ उचाई चुम्न पुग्यो भने जनमत सङ्ग्रहको कार्यनीतिले पनि वैज्ञानिक समाजवादबारे नयाँनयाँ बहसहरु सतहमा आए ।
तात्कालिक कार्यनीतिको रुपमा जब वैशाखको स्थानिय निकायको निर्वाचनको विषय आयो पार्टीको १२ औं पुर्ण बैठकले आफुसहित गरेका निर्णयहरुलाई लत्याउदै सुदर्शन—कञ्चन कमरेडहरु सिङ्गो पार्टी र नेतृत्वलाई सिध्याउने षड्यन्त्रका साथ अगाडि बढेको देखियो भने अन्ततः पार्टीबाट नै बाहिर हुनुपर्ने स्थिति आउन पुग्यो । एउटा ग्याङ्ले पार्टी विभाजनको हावा फैलाए । हामी क्रान्तिकारी हौं हामीलाई पत्याइदिनुस भन्दै बजारबजार डुल्न थाले । यो विभाजनले फेरी एउटा भ्रम र प्रश्न क्रान्तिकारी आन्दोलनमा देखा पर्न गयो । उनीहरु दलाल संसदीय व्यवस्थाका विरुद्ध होइन कि हाम्रा विरुद्ध लड्न पार्टी बनाएको जसरी प्रस्तुत हुन थाले ।
समयको प्रवाह र एकीकृत जनक्रान्तिको निरन्तरताका कारण हिजका उनीहरुको चर्काे स्वर विस्तारै मलिन हुँदै गएको छ, भ्रममा उता पुगेका साथीहरुको फर्किनेक्रम जारिछ । आन्दोलनमा नयाँ सदस्यहरुको आगमन पनि भईराखेको छ । फुटवादीहरुले एक्लै एक डेढ वर्ष पार्टी चलाउन सक्ने हैसियत पनि राख्न सक्ने स्थिति देखिएको छैन । उनीहरुको हालत नमच्चिने पिङको सय झट्का भने झैं हुन पुगेको छ । उनीहरुको प्रमुख काम नै नेपाल कम्युनिष्ट पार्टीको विरोध र आलोचना गर्ने भएको छ भने राजनीतिक र सङ्घर्षको काम त सहायक जस्तो बन्न पुगेको छ । उनीहरुको जे जस्तो अवस्था भए पनि प्रतिक्रियावादीहरुले, साम्राज्यवादीहरुले हाम्रा विरुद्ध हल्लाको हावाहुण्डरी नै चलायो । जनताको मनोविज्ञान पनि धेरैथोरै विभाजित नै हुन पुग्यो । शुभचिन्तक, समर्थकहरुमा पनि हिज पैदा भएको विश्वास धेरैथोरै प्रश्नमा बदलिन पुग्यो । हाम्रा नेताकार्यकर्ताहरुको मनोविज्ञानमा पनि केही असरहरु देखा परे । यहाँका राज्यसत्ता र संयन्त्र, साम्राज्यवादी शक्तिहरु त हाम्रा विरुद्ध आएकै थिए हाम्रै भनिएकाहरु पनि हाम्रै विरुद्ध आएपछि उत्पन्न भएको सङ्कटलाई पार्टी र नेतृत्वले सम्हालेर महाधिवेशन हुँदै यहाँसम्म ल्याइपु¥याएको छ । हमी पनि धेरथोर प्रतिक्रियावादीको एम्बुसमा जानीनजानी प¥यौं । महाधिबेशन पछि पुरा टिम तङिग्रएको छ । जे होस यति ठूलो घेराबन्दी तोड्न ऐतिहासिक नवौं महाधिवेशन सफल भएको छ । सबै प्रकारका आरोप, भ्रम, आशङ्का र प्रश्नहरको उत्तरमाला महाधिवेशन बनेको छ ।
‘जीवन अनेक अनिश्चयहरुबीच एकाध निश्चयको खोजी गर्ने अबिराम यात्रा हो । जीवनका सबै अनिश्चयको पहिल्यै उत्तर पाइँदो हो त जीउनुको प्रयोजन र अर्थ नै के हँदो हो र ?’ बामपन्थी लेखक खगेन्द्र संग्रौलाले भनेझै आन्दोलनका सबै रुपरेखा बनिबनाउ भैदिएको भए, माक्र्स एंगेल्सले नै विश्व साम्यवाद ल्याईदिएको भए, इतिहास आफैले क्रान्ति गरिदिने भए हामी किन सङ्घर्षमा होमिन पर्दथ्यो र ? नेकपाले किन क्रान्ति गर्नुपथ्र्याे र ? तसर्थ एक समयको निस्कर्षले सधैभरी उस्तैगरी काम गर्छ भन्ने हुँदैन । यो विषयमा नवौं महाधिवेशनले दर्शन केन्द्रीत रहेर अनिश्चय, रक्षा र रुपान्तरणको नयाँ संश्लेषण गरेको छ । जुन संश्लेषणले समाजवादी सत्ताको स्थापना, रक्षा, विकास र रुपान्तरणसँग सम्बन्ध राख्दछ भने निरन्तर क्रान्तिको सिद्धान्तलाई थप पुष्टि गर्दछ र दर्शनको बन्ध्याकरण गर्नु हुँदैन भन्ने मान्यता स्थापित गर्दछ ।
हामीले समाजवादी अर्थ नीतिको सार एकातिर ‘क्षमता अनुसारको काम र काम अनुसारको माम’ भन्ने बुझ्दै आयौं भनै अर्कातिर समाजवादमा नै पुर्ण रुपमा नीजि स्वामित्वको अन्त्य हुन्छ भन्ने मान्यताअनुसार शिक्षा ग्रहण गर्दै आयौं जुन आफैमा अन्तरविरोधी देखियो । क्षमता अनुसारको काम र काम अनुसारको दाम भन्ने नाराले नीजि स्वामित्वको अन्त्य कसरी गर्दछ ? बरु यो तर्कले त सबैलाई रोजगार अथवा स्वरोजगार बनाउने पो देखिन्छ । त्यसैले पँुजीवादी व्यवस्था र साम्यवादी व्यवस्थाबीचको एक सङ्क्रमणकालीन व्यवस्था समाजवाद भएको हुनाले क्षमता अनुसारको काम र काम अनुसारको दामलाई एकीकृत स्वामित्वको सङ्क्रमणकालीन अर्थनीति अन्तर्गत हल गर्न सकिन्छ । अथवा क्षमता मानिसको समृद्धि हो भने आधारभूत आवश्यकता राज्यको/समाजको/सत्ताको दायित्व हो । नवौं महाधिवेशनले अर्थनीतिको सन्दर्भमा निकै वस्तुवादी संश्लेषण गरेको छ ।
महाधिवेशनले गरेको अर्काे महत्वपुर्ण संश्लेषण समाजवादी व्यवस्था र प्रतिस्पर्धाको विषय हो । २० औं शताब्दीमा हराभरा भएको समाजवाद र त्यसको विघटनको इतिहासबाट गहिरो पाठ सिक्दै हामीले हाम्रो समाजवादमा प्रतिस्पर्धा र सहकार्य दुवै सँगै लैजानु पर्दछ भन्ने निस्कर्ष महाधिवेशनबाट गरेका छौं । स्वच्छ प्रतिस्पर्धाले व्यक्ति, संगठन र सार्वजनिक संस्थाहरुलाई सक्षम र बलियो बनाउँदछ भने अनुशासनसहितको सहकार्यले मित्रभाव, मेलमिलाप, साझापन र साझेदारीको सुनिश्चितता गर्दछ । यो नीतिले कम्युनिष्ट पार्टी र सत्तामाथि उठाइएका प्रश्नहरुको हल गर्दछ । हामीले तथ्यद्वारा सत्य पत्ता लगाउने विधि अन्तरर्गत नै यी सैद्धान्तिक संश्लेषणहरुको व्यवहारिक प्रयोगद्वारा प्रमाणित गर्नुपर्दछ ।
महाधिवेशनले गरेका समसामयिक प्रस्ताव र महत्वपुर्ण घोषणाहरुले पनि नयाँ बहसको सृजना गरिदिएको छ । ती प्रस्तावहरु केही तात्कालिक कार्यनीतिसँग सम्बन्धित छन् भने केही दीर्घकालिन महत्व राख्नेहरु पनि छन् । अहिले खास गरेर ‘सी’ बहस अगाडि आएको छ । जब हामीले कम्युनिष्ट पार्टीका सदस्यहरु प्रत्येक जाति भन्दा माथि उठ्नुपर्छ भन्ने सैद्धान्तिक आधारको सुरुवात हामी आफैबाट गर्नुपर्छ भन्ने पार्टी महासचिवको प्रस्ताव कार्यान्वयन ग¥यौं यसको प्रभावले सबैतिर हान्यो । महाधिवेशनको विषयमा समाचार नबनाउने पुर्वाग्राही सञ्चार गृहहरुसमेत ‘सी’ बहसबाट तर्किन सकेन । उनीहरु प्रश्न गर्न र समाचार लेख्न बाध्य भए । हामीले ऐतिहासिक नवौं महाधिबेशनबाट नयाँ मानव जाति निर्माणको प्रारम्भिक चरण सुरु गरेका छौं । नयाँ चुनौतिको सामना गर्न तयार भएका छौं ।
महाधिवेशनले नेपाली समाजको वर्ग चरित्र, भुमण्डलीकृत पुँजीवादको शोषणको स्वरुप र आजको अवस्था, पँुजीवादीहरुको समवर्गीय सङ्घर्ष, उत्पीडित राष्ट्र र साम्राज्यवादी मुलुकहरुबीचको अन्तरविरोध, बहुध्रुवीय विश्व र अन्तराष्ट्रिय शक्ति सङ्घर्ष र सन्तुलन, पुँजीवादी र समाजवादी साम्यवादीहरुको सङ्घर्ष, विश्व कम्युनिष्टहरुको साझा मञ्च चौथो अन्तराष्ट्रियको आवश्यकता जस्ता महत्वपुर्ण विषयहरुमा पनि व्यापक छलफल र महत्वपुर्ण निस्कर्षहरु निकालेको छ ।
नेपाली क्रान्तिको सन्दर्भमा पनि कार्यगत एकता, रणनीतिक संयुक्त मोर्चा र ध्रुवीकरणको विषयमा मिहिन छलफल भएको छ । वर्ग सङ्घर्ष र राष्ट्रिय स्वाधीनताको सङ्घर्षलाई सँगै लैजाने प्रण महाधिवेशनले गरेको छ । समाजवादी सत्ताको अभ्यास गर्दै सत्ताका भ्रुणहरुलाई विकास गर्दै लैजाने नीति पनि महाधिवेशनले तय गरेको छ । तसर्थ महाधिवेशन एक आवधिक समिक्षा कार्यक्रम मात्र नभएर दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवाद माक्र्सवादका तीन वटै सङ्घटक अङ्गको क्षेत्रमा नयाँ संश्लेषण गर्दै ऐतिहासिक बनेको छ ।
नेकपाको नवौं महाधिवेशन एक महाविश्वविद्यालय जस्तो बन्न पुग्यो । जहाँ देशैभरीबाट आएका नौजवानहरु र सामाजिक÷राजनीतिक शास्त्रका विद्यार्थीहरुले, अध्येताहरुले राजनीतिक वैचारिक र नीति निर्माणको बहसमा भाग लिए र आफ्नो अपनत्व स्वीकार गरे । जोशिला नयाँ पुस्ताका लाल दस्ताहरुले खलि खेले अनि क्रान्तिकारी आन्दोलनका लागि आफूलाई परिपक्व बनाए । हामी महाधिबेशनबाट चङ्गा भएर फर्केका छौं । हाम्रो दिमागले सशस्त्र र निसश्त्र दुवै सङ्घर्षलाई सेट गरिसकेको छ । हामी धारिलो र स्पातिलो मिसाइल बोकेर लामबद्ध भईसकेका छौं । वर्गबैरी र राष्ट्रघाती विरुद्ध पड्कन हामी तयार भएका छौं । हामीले आन्तरिक र बाह्य, मित्रशक्ति र विरोधी शक्ति दुवैलाई जवाफ दिएका छौं । सारमा भन्दा हामी पार्टीप्रति, क्रान्तिप्रति, मुल नेतृत्वसहितको सिङ्गो पङ्क्तिप्रति, हाम्रो राजनतिक कार्यक्रम र कार्यदिशाप्रति विश्वस्त भएका छौं । महाधिवेशनबाट हामी सुदृढ भएका छौं, स्पष्ट र छर्लङ्ग भएका छौं, उद्देलित भएका छौं, आत्मविश्वासी भएका छौं, एकताबद्ध भएका छौं, थप लडाकु भएका छौं, सजग भएका छौं । श्रमजीवि जनताको आसा र भरोसासहित हामि चम्किएका छौं ।
प्रतिक्रिया दिनुहोस्