७ बैशाख २०८१, शुक्रबार

नेकपा काठमाडौँ महानगर कमिटीको सातौँ बैठक सम्पन्न

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ अन्तर्गत महानगर कमिटीको सातौँ बैठक मंगलबार सम्पन्न भएको छ ।
महानगरका स्थानीय बासिन्दाहरु बीच पार्टीको नीतिलाई सशक्त रूपमा सम्प्रेषण गर्न र जनजीविकाका विषयलाई उठान गर्नका लागि पार्टी कामको मुल्यांकन गर्दै आगामी कार्ययोजना निर्माण गर्नका लागि नेकपा महानगरको बैठक गरिएको हो।
सातौं पूर्ण बैठकमा नेकपा काठमाडौँका जिल्ला सेक्रेटरी तुलसी नारायणले प्रमुख अतिथिको रुपमा प्रशिक्षण मन्तव्य राख्दै महानगरमा लाखौंको जनघनत्व रहेकोले यसलाई पार्टी उदेश्यसङ्ग जोड्न नगर कमिटीले बिशेष भुमिका खेल्नुपर्ने निर्देशन दिएका छन् ।

बैठकमा नेकपा केन्द्रिय सदस्य तथा महिला नेतृ ज्ञानु सीले महिला अधिकारका लागि महिलाहरुको सशक्त संगठनको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

बैठकमा नेकपा केन्द्रिय प्रतिनिधि सदस्य गोपा सि, जिल्ला सल्लाहकार सदस्य परशुराम सि, युवा सङ्गठन नेपाल काठमाडौँ जिल्ला अध्यक्ष छेम्बे सि, जिल्ला सदस्य तथा महानगर युवा अध्यक्ष राजु सि , जिल्ला सदस्यद्वय निशा सि र राज गजमेर लगाएत महनगर सदस्यहरुको उपस्थित रहेको जिल्ला कमिटी सदस्य छत्र सी ले जानकारी दिएका छन् ।

महानगरको सातौ बैठकको अध्यक्षता महानगर कमिटी सेक्रेटरी दिपक सी ले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।