
दाङ: शिव सेना नेपाल दाङका युवा अध्यक्ष दामोदर सुवेदी नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएका छन् । संस्थाका युवा अध्यक्ष सुवेदीले आइबार एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको कुनैपनि जिम्मेवारीमा नरहने व्यहोरा जानकारी गराउँदै नेकपामा आवद्ध भएका हुन् ।
दाङको तुलसीपुर नगरपालिका– ६ निवासी दामोदर सुवेदीले बिगत २०६० सालदेखि शिन सेना नेपाल दाङका युवा अध्यक्षको जिम्मेवारीमा रहदै आएको भएतापनि यही पुस २४ गते आइतबारदेखि संस्थाको कुनैपनि जिम्मेवारीमा नरहने जानकारी गराउँदै जनताको काम गर्ने पार्टी नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
शिव सेना नेपाल दाङका युवा अध्यक्ष दामोदर सुवेदीले हस्ताक्षरित गरेको प्रेस विज्ञप्ति भनिएको छ– ‘तुल्सीपुर नगरपालिका वडा नं. ६ निवास म दामोदर सुवेदी विगत २०६० सालदेखि शिव सेना नेपालको दाङ जिल्ला युवा अध्यक्षमा रही जिम्मेवारी समाली रहेको थिए । आज मिति २०७९ पुस २४ गतेका दिनदेखि उक्त संस्थाको कुनैपनि जिम्मेवारीमा नरहने व्यहोरा जानकारी गराउदै जनताको पक्षमा काम गर्दै आएको पार्टी जनप्रिय पार्टी नेपाल कम्पनी पार्टीमा आवद्ध भएको कुरा एकै प्रेस विज्ञप्तिमार्फ जानकारी गराउन चाहन्छु ।’