१४ बैशाख २०८१, शुक्रबार

म्याग्दीका शिवकुमार श्रेष्ठको निधनप्रति नेकपा महासचिव विप्लवद्वारा शोक व्यक्त

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले म्यादी जिल्लाका एक जना पुराना, अनुभवि र कम्युनिस्ट राजनीतिज्ञ तथा नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य शिवकुमार श्रेष्ठको निधनप्रति शोक व्यक्त गरेका छन् ।

आइतबार एक शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले उहाँप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

महासचिव विप्लवद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ,-“हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य तथा म्याग्दी जिल्लाका एक जना अनुभवी , इमानदार र वामपन्थी/ कम्युनिस्ट राजनीतिज्ञ शिव कुमार श्रेष्ठको उपचारको सिलसिलामा मणिपाल अस्पताल पोखरामा हुन गएको असामयिक निधनको खबरले निकै दुखित र मर्माहत तुल्याएको छ ।

आइतबार जारी वक्तव्यमा श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दै भनिएको छ:`कमरेड शिव कुमार श्रेष्ठको निधन भएको यस दुखद घडीमा सर्वप्रथम उहाँप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्दछु।

म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न ८ गणेश टोलामा २०१२ साल चैत १५ गते आमा कन्याकुमारी श्रेष्ठ र बुवा हरि श्रेष्ठको कोखबाट जन्मेका उनको यहि पौष २४ गते निधन हुन गएको छ। “

श्रेष्ठले समाज देश र जनताको पक्षमा पुर्याएको योगदानको चर्चा र स्मरण गर्दै महासचिव विप्लवले शोक वक्तव्यमा भनेका छन्,”जनता, देश र समाजको सेवा र परिवर्तनका लागि जहिल्यै रचनात्मक र सचेत भुमिका खेल्दै क्रान्तिको सेवामा रहनु भएका कमरेड शिव कुमार श्रेष्ठबाट सिक्नु पर्ने र प्रेरणा लिनु पर्ने थुप्रै बिषयहरु छ्न् । त्यसबाट पार्टी, नेतृत्व र तमाम नेताकार्यकर्ताहरु प्रेरित हुने विश्वास व्यक्त गर्दछु।”

विज्ञप्तिको पूर्ण पाठ :


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।