१२ बैशाख २०८१, बुधबार

नेकपा महासचिव विप्लवद्वारा पोखरा हवाई दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै दुर्घटनाको छानबिन गर्न आग्रह

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको 9N ANC ATR 72 बिमान पोखराको सिताराम पुल नजिकै सेती नदीको खोंचमा करिब १०:३० मा दुर्घटना भई ठुलो जनधनको क्षति भएको घटनाले मर्माहत बनाएको जनाएको छ । पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै यो अत्यन्तै दुखद घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुखद र अकल्पनीय जहाज दुर्घटनामा परी ज्यान गुमाउन पुगेका मृतकका परिवारजन तथा प्रियजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
महासचिव विप्लवले जहाज दुर्घटनाको अबिलम्ब उद्दार र छानवीन गर्न आग्रह गरेका छन् ।
६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उक्त उडानमा सवार थिए ।

महासचिव विप्लवले नेपालको हवाइ क्षेत्रको गुणस्तर र सुरक्षामा व्यापक सुधार गर्न आवश्यक रहेकोले सरकारले पहल गर्न समेत जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिकाे पूरा पाठ – ‘आज बिहान १०-३० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको 9N ANC ATR 72 बिमान पोखराको सिताराम पुल नजिकै सेती नदीको खोंचमा करिब १०-३० मा दुर्घटना भई ठुलो जनधनको क्षति भएको खबरले हाम्रो पार्टीलाई अत्यन्तै मर्माहत बनाएको छ । क्याप्टेन कमल केसीले उडाउनुभएको उक्त जहाजमा चालकदलका ४ जना र ६८ जना सर्वसाधारण यात्रु सहित ७२ जना सवार रहनु भएको थियो । यो अत्यन्तै दुखद घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरुप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । दुखद र अकल्पनीय जहाज दुर्घटनामा परी ज्यान गुमाउन पुग्नुभएका मृतकका परिवारजन तथा प्रियजनप्रति हाम्रो पार्टी गहिरो समवेदना व्यक्त गर्दछ ।
जहाज दुर्घटनामा परी घाइते हुनुभएका व्यक्तिहरुको छिटो भन्दा छिटो उद्दार गरी यथाशिघ्र उपचार गर्न र जीवन गुमाउनु भएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछं । उक्त जहाज के कति कारणले दुर्घटना भएको हो ? सो को तत्काल छानविन गरी सत्यतथ्य यथाशिघ्र बाहिर ल्याउनका साथै नेपालमा पटक पटक जहाज दुर्घटना हुनु पछाडीका कारणहरु पत्ता लगाई यस्ता अकल्पनीय दु्र्घटनाबाट नागरिकको जिउ धनको रक्षा गर्न समेत हामी जोडदार माग गर्दछौं ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।