१३ बैशाख २०८१, बिहीबार

नेकपा महासचिव विप्लवद्वारा हुम्लाका अंक बुढाको निधनप्रति दु:ख व्यक्त

0

काठमाडाैँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य निर्माण र अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य सिङ्ग बुढाका ७९ वर्षीय बुवा अंक बुढाको निधनप्रति गहिरो दु:ख प्रकट गर्दै शोक व्यक्त गरेका छन् ।
आइतबार शाेक वक्तव्य जारी गर्दै महासचिव विप्लवले बुढाको निधनले पार्टी, पार्टीका नेताकार्यकर्ता र नेतृत्वलाई दुखित तुल्याएको भन्दै शोक व्यक्त गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ: ” हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका वार्ड न ५ डोप्कामा जन्मिनु भएका बुवा अंक बुढाको निधनप्रति पार्टी गहिरो दु:ख व्यक्त गर्दछ।

दु:खको यस घडिमा कमरेड निर्माण र सिङ्ग बुढा लगाएत उहाँको परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्न हार्दिक अनुरोध गर्दछौं ।

उहाँको निधनको खबरले पार्टी र पार्टीका तमाम नेता कार्यकर्तालाई दुखित र स्तब्ध तुल्याएको छ। उहाँले समाज , पार्टी , क्रान्ति र परिवर्तनको पक्षमा पुर्याएको योगदानप्रति सम्मान र स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।