१३ बैशाख २०८१, बिहीबार

महासचिव विप्लवको प्रस्ताव पास गर्दै नेकपा बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सकियो

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठमा महासचिव विप्लवद्वारा पेश गरिएको दस्तावेज पास गर्दै केन्द्रिय सदस्यहरुको धारणा राख्ने क्रम आज सकिएको छ।
मङ्गलबारदेखि कपिलवस्तु स्थित पार्टीको केन्द्रिय कार्यालयमा भैरहेको बैठकमा १ सय २९ जना केन्द्रिय सदस्यहरुले महासचिवको दस्तावेज र आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गर्दै धारणा राख्ने क्रम सकिएको हो।

“पार्टी योजनालाई कडाइपुर्वक लागु गरौं ,एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ ” शिर्षकको ११ पृष्ठ लामो दस्तावेजमा प्रस्तुत गरिएका आन्तरिक तथा बाह्य राजनीतिक शक्तिको विश्लेषण, मुल्यांकन , अबको आवधिक योजनाका संगठनात्मक लक्ष्य , नेपाली क्रान्तिका भावि सम्भावना , चुनौती र पार्टी कार्यभारबारे बैठकमा सहभागी केन्द्रिय सदस्य हरुले धारणा राखेका छ्न् भने महासचिव विप्लवले केन्द्रिय सदस्यहरुका जिज्ञासा , सुझाव र योजनाको उचाइबारे प्रशिक्षण गर्दै भोलि बिहान ८:३० बजेकासम्मका लागि बैठक स्थगित गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको जारी बैठकमा धारणा राख्ने केन्द्रिय सदस्यहरुमा सुमन सी, समर सी, प्रयास सी, आरोह सी, दिनेश सी, तुलसिनारायण सी, ध्रुव सी, प्रकाश सी, नविल सी, अर्जुन सी, सम्झना सी, विवेक सी, उषा सी, भृकुटी सी, बिमल सी , सबिन सी , सविता सी,कपिल सी, शुशिला सी, अशिना सी, सुदर्शन सी, पौरख सी, नरेन्द्र सी , बिक्रम सी, सरिता ,सी जोखिम सी, मनिराज सी, ज्ञानु सी, राजकुमारी सी, बिजय सी, शैलेश सी, देव सी , सङ्गित सी, एण्डिज सी, रामलाल सी, प्रकाश सी, विवेक सी , वाटर सी, आजादसेन सी, प्रदिप सी,भरत सी,मौसम सी, बिमल सी, निङ्मा सी, चिरञ्जीवी सी, त्रिलोचन सी ,पाटन सी, कमल सी प्रशान्त सी,सञ्जीव सी, मानव सी , जागृति सी, प्रभाजित सी, गोपाल सी, रणदिप सी, दर्शन सी, पवन सी, बिजय सी, उत्सव सी, कमल सी, अर्जुन सी , जुझारु सी, उभार सी, हिमशिखर सी, सिङ्घम सी, समाज सी, अजय सी, विराट सी, सङ्गम सी, भगत सिंह सी, सङ्गम सी, विकिरण सी, अडिग सी, बिनोद सी, शरद सी, विश्वास सी, चन्द्र सी, विवस सी, विराट सी, निशान सी, अविचल सी पुष्प सी, हेमन्त सी, धिरज सी, सशी सी, विपिन सी, आक्रोश सी, सुनिल सी, संघर्ष सी, आमुल सी, बलवान सी, कमल सी , विकल्प सी र सुशिल सी रहेका छन्।

यस्तै बैठकमा २९ सदस्यीय पोलिट ब्युरो सदस्यहरुले गत २९ गतेबाट शुरु भएको बैठकमा धारणा राखिसकेका थिए भने स्थायी कमिटी सदस्यहरु भरत सी, शिलु सी, गोकुल सी , विषम सी, प्रकाण्ड सी र महासचिव विप्लवले पार्टी कार्यभार र आगामी योजनाबारे प्रशिक्षण मन्तव्य गरेको जानकारी श्रोतले दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समिति बैठकमा धारणा राख्ने र महासचिव विप्लवद्वारा प्रस्तुत दस्तावेज पास गर्ने क्रम सकिए पनि केन्द्रिय सदस्यहरूको कार्यविभाजन र केन्द्रिय विभागहरुको निर्माण लगाएतका निर्णय गर्न भोलि पुनः बैठक अगाडि बढ्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।