१६ चैत्र २०८०, शुक्रबार

अबको ५ वर्ष नेपाली क्रान्तिका लागि महत्त्वपूर्ण समय हुनेछ: विप्लव

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आगामी ५ वर्ष समग्र नेपालको कम्युनिस्ट आन्दोलन, नेपाली क्रान्ति र नेपाल कम्युनिस्ट पार्टीका लागि महत्त्वपूर्ण समय हुने बताएका छन् ।

पार्टीको नवौं केन्द्रिय कमिटीको तेस्रो पूर्ण बैठकमा प्रस्तुत दस्तावेजको मुख्य सारबारे प्रस्ट पार्दै मङ्गलबार शुरु भएको केन्द्रिय समिति बैठकमा महासचिव विप्लवले यस्तो बताएका हुन् ।

पार्टी योजनालाई कडाइपूर्वक लागु गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ भन्ने शिर्षकको ११ पृष्ठ लामो लिखित दस्तावेज र पार्टीको आवधिक योजनागत एजेन्डामाथि उद्घाटन मन्तव्य राख्ने क्रममा नेकपा महासचिव विप्लवले नेपालको आजको सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा देखिएको अराजकता र संकट कुनै व्यक्ति वा दल विशेषको होइन, यो भनेको विद्यमान सत्ता संरचना र समग्र पुजिवाद कै संकट भएको उल्लेख गरेका छन् ।

“आगामी ५ वर्ष नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, पार्टी, क्रान्ति र मुलुकको राजनीतिक परिस्थितिका लागि निकै निर्णायक र महत्त्वपूर्ण हुनेछ, यो कुरालाई ठिक ढंगले बुझेर हामी अगाडि बढ्नु पर्छ” उनले भने,-” नेपालमा अहिले साम्राज्यवादले एमाले र माओवादी केन्द्रलाई पश्चिम बङ्गालको जस्तो र नेकपालाई पेरु र इन्डोनेशियाको क्रान्ति जस्तो बनाउने कोशिस गरिरहेको छ।”

मन्तव्यको क्रममा महासचिव विप्लवले क्रान्तिको क्रममा बिगतमा पुर्णकालिन नेता कार्यकर्ता भन्नाले घर छोडेर पार्टीका लागि कुनै पनि ठाँउ र काममा आफ्नो सम्पुर्ण समय दिएर काम गर्ने कार्यकतालाई भनियो तर अहिले समय बदलिएकोले अब पूर्णकालिन नेता कार्यकर्ताको परिभाषा बदलिएको छ र आहिलेको क्रान्तिकारी आन्दोलनमा पूर्णकालिन भनेको कुनै न कुनै रुपमा आर्थिक उत्पादनसङ्ग जोडिएर जनताको सेवा गर्ने कुरा भएको बताएका छन् ।

एक फरक प्रसङ्गमा महासचिव विप्लवले भने,-“हामीले नेपाली समाजको सामाजिक, सांस्कृतिक विभेद असमानता र उत्पिडनलाई अन्त्य गर्दै भेदभावरहित, न्यायपूर्ण र मानवताप्रेमी सभ्यताका लागि सी जाति निर्माणको गर्ने निष्कर्ष निकालेका छौँ । सी जाति निर्माण गर्ने कुरा सांस्कृतिक लडाई पनि हो । यसबारे अध्ययन र तथ्यको आधारमा बहस गर्न जरुरी छ” उनले थपे,-” नेपालको कम्युनिस्ट आन्दोलनमा जनचेतना र जनभावनालाई पक्रिनु पर्छ भन्ने नाममा पिछडिएको चेतनातिर फर्किएको देखियो ,

मन्तव्यको क्रममा उनले महाधिवेशनबाट निर्माण भएका कमिटीहरु कामयापी हुनुपर्छ भनेर आफुले केन्द्रिय समिति बैठक अघि नै केन्द्रिय सल्लाहकार समिति र केन्द्रिय प्रतिनिधि समितिको समेत बैठक गरेर धारणा र सुझाव लिएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।