७ बैशाख २०८१, शुक्रबार

नेकपा सिन्धुपाल्चोकद्वारा बलेफी गाउँपालिकाको निर्णयप्रति गम्भीर ध्यानाकर्षण

0

सिन्धुपाल्चोक: बलेफी गाउँपालिकाले गर्दै आएको पछिल्लो निर्णय तथा कार्यप्रति नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज आधार र जिल्ला सचिव युगिनले आज एक ध्यानाकर्षण पत्र जारी गर्दै विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रियामा स्वेच्छचारी तथा मनोमानी गतिविधि तत्काल रोक्न र लागु नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षण पत्रमा लखिएको छ, ‘विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रियामा प्रवेश नगरि पार्टीको कार्यकर्ता भर्ति केन्द्रको रुपमा मनोनित अध्यक्षहरु आम अभिभावकको अधिकारमाथि ठाडो हस्तक्षेपका विरुद्ध बलेफीका सबै अभिभावक र समाज रुपान्तरणको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा भएको चरम लापरवाही, स्वेच्छचारी तथा मनोमानी गतिविधि तत्काल रोक्न र लागु नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछाँै । अतः यस्ता नीति विपरित कार्य नसच्चिए जनताको स्तरबाट जनकारबाही गरिने यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराउँदछौँ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।