१५ चैत्र २०८०, बिहीबार

नेकपा केन्द्रीय समिति बैठक जारी, अहिलेसम्म १७ केन्द्रीय सदस्यले धारणा राखे

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो बैठक जारी छ। बैठकमा नेकपा महासचिव विप्लवले `पार्टी योजनालाई कडाइपुर्वक लागु गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ ´भन्ने शिर्षकको ११ पृष्ठ लामो लिखित दस्तावेजमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम आज बिहानबाट शुरु भएको छ।
मङ्गलबारबाट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुमा शुरु भएको केन्द्रिय समिति बैठकमा अहिलेसम्म १७ जनाले आफ्नो कार्यक्षेत्रका काम र प्रस्तुत दस्तावेज माथि धारणा राखिसकेका छन् ।

धारणा राख्नेहरुमा सुमन सी, समिर सी, प्रयास सी,आरोह सी, दिनेश सी, तुलसिनारायण सी, ध्रुव सी, प्रकाश सी, नविन सी , अर्जुन सी, सम्झना सी, विवेक सी, उषा सी, अपेक्षा सी, बिमल सी , सबिन सी र सबिता सी रहेका छन् ।

दस्तावेजमाथि धारणा राख्ने केन्द्रिय सदस्यहरुले दस्तावेज ठोस, वस्तुपरक र सहि रहेको र अब यस अनुसार कार्ययोजना बनाएर आगाडि बढ्नु पर्ने कुरामा जोड दिएको श्रोतले जानकारी दिएको छ।

आगामी ७ गतेसम्म सम्पन्न हुने बैठकमा नेकपा महासचिव विप्लवले पेश गरेको लिखित प्रस्ताव उपर १ सय ३० जनाले प्रति व्यक्ति १० मिनेटका हिसावले धारणा राख्ने समस्य दिइएको छ भने यस अघि नै १ सय ४५ सदस्यीय नेकपा केन्द्रिय प्रतिनिधि समितिको बैठक र पार्टी केन्द्रिय सल्लाहकार समितिको बैठक समेत सम्पन्न भैसकेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।