१३ बैशाख २०८१, बिहीबार

नेकपाको आजबाट शुरु भएको केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको आजबाट शुरु भएको नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।मङ्गलबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अध्यक्षता गर्दै ११ पृष्ठ लामो लिखित दस्तावेजसहित छलफलका एजेन्डाहरु पेश गरेपछि केन्द्रिय सदस्यहरुका लागि दस्तावेजको थप अध्ययन गर्न समय उपलब्ध गराउने उद्देश्यले बैठक स्थगित गरिएको हो।

“कपिलवस्तु स्थित पार्टीको केन्द्रिय कार्यालयमा जारी केन्द्रिय समितिको बैठकले पार्टी कामको मुल्यांकन गर्दै आगामी ६ महिनाका लागि आवधिक योजना निर्माण गर्ने, केन्द्रिय समिति सदस्यहरुको कार्य विभाजन गर्ने र अन्य आवश्यक विभागहरुलाई समेत पूर्णता दिनेछ “- बैठकमा सहभागी एज केन्द्रिय सदस्यले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।