१३ बैशाख २०८१, बिहीबार

नेकपा केन्द्रिय समितीको तेस्रो पूर्ण बैठक आजदेखि बस्दै

1

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आजबाट शुरु हुँदैछ।
पार्टी कामको मुल्यांकन र आगामी कार्ययोजना निर्माण गर्नका लागि बैठक बस्न लागेको हो ।

मङ्गलबारबाट कपिलवस्तु स्थित पार्टीको केन्द्रिय कार्यालयमा हुने “तेस्रो पूर्ण बैठक आज बिहान ९ बजेबाट हुनेछ” नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य गोकुलले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले निर्वाचित गरेको १ सय २६ सदस्यीय केन्द्रिय समितिको प्रथम बैठकले पार्टी महासचिव, ६ सदस्यीय स्थायी कमिटी र पोलिट ब्युरो चयन गरेको थियो भने महाधिवेशन लगत्तै बसेको दोस्रो बैठकले मङ्सिर ४ गतेको संसदिय चुनावको खारेज गर्ने कार्यनीतिसहित कार्ययोजना निर्माण गरेको थियाे ।

नेकपाको गत असोज २५ देखि कार्तिक २ गतेसम्म भएको महाधिवेशन पछिको यो तेस्रो बैठक बस्न लागेकाे एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “नेकपा केन्द्रिय समितीको तेस्रो पूर्ण बैठक आजदेखि बस्दै

  1. बैठकले देशको गन्जागोल र भद्रगोललाई चिरेर अगाडि बढ्ने निष्कर्ष निकालोस, शुभकामना,

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।