१२ मंसिर २०८१, बुधबार

सिमानामा काँडेतार लगाउँदा

0

पार्टीमाथि अघोषित प्रतिबन्ध थियो । दमन र धरपकडलाई तीब्र पारिँदै थियो । नेता कार्यकर्ता समाउने र झुट्टा मुद्दा लगाउने काम तीब्र पारिएको थियो । यसैबिचमा अखिल (क्रान्तिकारी), केन्द्रीय सचिवालय सदस्य र क्षेत्रीय समन्वय समितिका संयोजकहरूको बैठक चितवनमा बस्ने निधो भयो सुरक्षा चुनौतीलगायत विषयलाई मध्यनजर गर्दै बैठक व्यवस्थापनको जिम्मेवारी आइपरेको थियो पूर्व-पश्चिमलगायत क्षेत्रबाट आउने कमरेडहरूको व्यवस्थापन गर्नुपर्ने भएको हुँदा ज्यादै संयममताका साथ रहनुपर्ने थियो ।

सङ्गठनको काठमाडौँमा बसेको तेस्रो पूर्ण बैठकले गरेको सीमा र राष्ट्रियतासम्बन्धी निर्णय कार्यान्वयन सम्बन्धमा, पदाधिकारीको अनौपचारिक छलफल पश्चात् माडीको सोमेश्वरमा सिमानामा काँडेतार लगाउने निर्णय भयो । भोलिपल्ट बैठक प्रारम्भ हुनासाथै सचिवालय सदस्य क. बद्रीले रिपोर्ट राख्नुभयो र हामी दुई जना तार र पोलको व्यवस्थापनको लागि निक्ल्यौँ बाँकी कमरेडहरू बैठक र छलफलमा केन्द्रित हुनुभयो । ग्रिल उद्योगबाट पोलको नमुना तयार गयौँ । हार्डवेयर पसलमा काँडेतार किन्यौँ र जेब्रा झोलामा काँडेतार राखि हामी सार्वजनिक यातायातमा माडी हान्नियौँ। साँझ ४ बजे माडीको स्थानीय पार्टीका कमरेड टीका न्यौपानेको सम्पर्कमा पुग्यौँ । सङ्कट त तब सुरु भयो, जब तार र पोललाई सीमा सुरक्षा बल सशस्त्र प्रहरीको बोर्डर अवजरभेसन पोस्टबाट कटाउन नदिने कुरा थाहा भयो । त्यसैले हामी वैकल्पिक बाटाको बारेमा स्थानीय पार्टीसँग छलफलमा जुट्यो । खाना खाइसकेपछि जङ्गलको मध्य भागबाट तार र पोललाई लैजाने प्रस्ताव हामीले गयौँ । तत्कालीन समयमा सो क्षेत्रमा बाघ आतङ्क बढ्दो रहेछ । त्यसैले जङ्गलको मध्य भागबाट नजान स्थानीय पाटीले सुझाव दिनुभयो । अर्को वैकल्पिक बाटो नभएको र भोलिको कार्यक्रम जसरी पनि सम्पन्न गर्नुपर्ने हुनाले जङ्गलको मध्य-भागलाई उपयोग गर्दै तार र पोल लैजाने निर्णय गर्यो र स्थानीय पार्टीको पथप्रदर्शकको साथमा तार र पोल बोकेर निस्क्यौँ । पोल र तार बोकेर जङ्गलको मध्य-भाग उपयोग गर्दै जानुपर्ने भएकोले झाडी, काँडा र ठुलाठुला भँड्खलाहरूको सामना गर्नुपन्यो सुरक्षा चुनौतीका कारण बत्ति बाल्न नपाइने हुँदा घरीघरी खोल्सामा परिन्थ्यो कहिले काडा अनि कहिले भिर यस्ताखाले झन्झटहरूलाई झेल्दै सीमा सुरक्षा बलको अवजरभेसन पोस्ट काटेर पोल र तारलाई झाडीमा लुकाइयो र राती ११ बजे पुनः बासस्थान पुगियो ।

भोलिपल्ट बिहान हामी उठेर तार र पोललाई हिजो बेलुकी लुकाएको ठाउँबाट लिएर बस जाने स्थानसम्म पुयायौँ हामीसँग चितवनका जिल्ला समिति सदस्य तथा दिवाकर माध्यमिक विद्यालयका शिक्षक आशिक महतो र मित्र अनाम किरण पनि हुनुहुन्थ्यो त्यति नै बेला प्रमुख जिल्ला अधिकारी जिनेन्द्र बस्नेत र प्रहरी उपरीक्षक सुरजसिंह राठौरलगायतका टोली त्यही आइपुगे ।
हामी योजना चुहियो कि भन्ने सशङ्कित भयौँ राज्यले घोषितरूपमा प्रतिबन्ध नलगाए पनि देख्नेबित्तिकै समात्ने र झुट्टा मुद्दा लगाउनेक्रम जारी थियो हाम्रा कयौँ नेता-कार्यकर्ता जेल-हिरासतमा हुनुहुन्थ्यो त्यसकारण, हामी हतास भएका थियौँ । हामी हतार-हतार तार, पोल, लुकाउन सफल भयौँ । पछि थाहा भयो, उनीहरू स-परिवार सोमेश्वर दर्शनको लागि आएको रहेछन् त्यसको केही समयपछि हाम्रो टोली मिनीबसमा नारायणी बहुमुखी क्याम्पसको अवलोकन भ्रमण नाम ब्यानर टाँगेर आएका रहेछन् ।

हामीले त्यहाँ भएको वस्तुस्थिति जानकारी गराइसकेपछि र उनीहरू सोमेश्वर मन्दिर जाने थाहा पाएपछि उनीहरूभन्दा केही समयपछि गाडी कुर्न बसेका सुरक्षाकर्मीको आँखा छल्दै तार र पोल बोकेर उकालो लाग्यो सोमेश्वर मन्दिर र काँडेतार लगाउने स्थान ठिक विपरीत दिशामा पर्ने भएकाले भन्ज्याङको दोबाटोमा क. बद्री, क. ललित र क. भरत सेन्ट्री बस्नुभयो । हामी तत्कालीन प्रकाशन इन्चार्ज क. रविको नेतृत्वमा ४५, नम्बर पिल्लरमा पुग्यौं । हामीसँग एभीन्युज टेलिभिजनका एकजना रिपोर्टर पनि हुनुहुन्थ्यो । उहाँले हामीलाई तारबार लगाएको भिडियो खिच्नुभयो । नेपाल र भारत दुवैका सुरक्षाकर्मीबाट हामीलाई जोगिनु थियो भारतीय सीमा सुरक्षा बलको पोस्ट नजिकै थियो त्यसैले हामीले उहाँलाई लाइभ भने नगर्न भन्यौँ ।

४५ नम्बर पिल्लरमा तारबार लगाइरहँदा माडीका स्थानीयबासीले भन्दै हुनुहन्थ्यो- पिलर यही पटक-पटक गरी धेरै सारिएको छ नेपालमा पर्ने सोमेश्वर मन्दिरमा समेत भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप बढ्दो छ ।

दुई देशबिच सीमा समस्या सुल्झाउन केही प्रयासहरू भए पनि अझै टुङ्गो लाग्न सकेको छैन, जसकारण नेपाल सीमामा सधैँ च्यापिँदै आएको छ । नेपाल भारतबिच सीमासम्बन्धी ४ सन्धिहरूको आधारमा सीमा कायम गरियो, जसअनुसार १८१६ मार्च ४ को सुगौली सन्धिको आधारमा कायम सीमा, सन् १८१६ डिसेम्बर ८ को पूरक सन्धिको आधारमा कायम गरिएको सीमा, सन् १८६० को नोभेम्बर १ को सम्झौताको आधारमा कायम सिमाना र सन् १८७५ जनवरी ७ मा गरिएको सम्झौताको आधारमा कायम सिमाना । कूल १८८० किमी सिमानामध्ये जमिनको भूभाग १२४० किमी र नदी सिमानाको लम्बाई ६४० किमी रहेको छ तर, बर्षौंअघि मिलाउनुपर्ने सिमाना अझै पनि उस्तै छ । भारतको सम्राज्यवादी गिद्देदृष्टि र नेपालको सत्ताको लाचारीका कारण अझै पनि २३ जिल्लाका ७१ स्थानमा सीमा विवाद छ । दार्चुलादेखि ताप्लेजुङसम्म गरी ६० हजार ६ समय २७ हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ । १८८० किमी लामो दक्षिणी सिमानामा औसत २१.६ किमिमा नेपालको एउटा बोर्डर अवजरभेसन पोस्ट बीओपी राखिएको छ सङ्ख्याको हिसाबमा करिब ३,००० सुरक्षाकर्मी खटिएका छन् जब कि भारतीय सीमा सुरक्षा बलको बीओपी औसत ३.७ किमि छ र प्रति किमि २४ सुरक्षाकर्मी छन् । यो हिसाबमा नेपालको उपस्थिति नगन्य हो ।

त्यसकारण पनि सिमानामा नेपालीले ज्यादती खेप्नुपरेको छ। सीमा सुरक्षालाई लिएर भारतको नीति आफूलाई सुरक्षा खतरा बढी भएको स्थानमा पर्याप्त लगाउने र कम सुरक्षा चुनौती तथा कमजोर मुलुक भएको सिमानामा खुल्ला छोड्ने र अतिक्रमण गर्ने देखिन्छ जस्तै, भारत र पाकिस्तानको बिचमा १,४०० किमि लामो फलामको पर्खाल लगाइएको छ भारत र बङ्गलादेशको बिच त्रिपुरामा ७२० किमि तारबार भारतले लगाएको छ । त्यस्तै, भारत र म्यानमारको सिमानामा पनि भारतले पर्खाल लगाउन खाज्दैछ विश्वमा थुप्रै देशमा पर्खाल लगाएर सीमालाई व्यवस्थित गरिएको छ । असल छिमेकीले सिमानामा बारबन्देज लगाउँछ । बिचमा काँडे तार र पर्खाल लगाउनु भनेको सीमालाई व्यवस्थित गर्नु हो

नेपाल भारत खुल्ला सीमा भएको कारण हुने गरेका विभिन्न आपराधिक क्रियाकलाप, सीमा सुरक्षा बलले गर्ने ज्यादती, भूमि अतिक्रमणलगायत विषय रोकिनुपर्छ भन्ने ध्येयका साथ राज्यसत्तालाई दबाब सिर्जना गर्ने, भारतीय साम्राज्यवादलाई चुनौती दिने आम राष्ट्रवादी र देशभक्त शक्तिहरूको आवाज बुलन्द गर्नका लागि सिमानामा करिब ३० मिटर लामो काँडेतार लगाएर साङ्केतिक दबाब सिर्जना गर्ने काम गयौँ र हाम्रो टोली फिर्ता भयौँ सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै एभिन्युज टेलिभिजनबाट रोकिएको स्थलगत प्रत्यक्ष प्रसारण नारायणगढ बजार आइपुगेपछि गरियो । राष्ट्रवादी देशभक्त छोराछोरीले सीमा र राष्ट्रियता बचाउनुपर्छ भन्दै गरिएको कार्यप्रति उत्साहित र गौरवान्वित हुँदै हामी आफ्नो कार्यस्थल फर्कियौँ । हामी फर्किएको केही घन्टा नेपालको सत्ताको मुटुको ढ्याङग्रो बज्यो । दिल्ली दरबारको आशीर्वाद खोसिने डरले तत्कालै आफ्नो मातहतको सुरक्षा निकाय परिचालन गरी तत्काल काँडेतार हटाउने काम गर्यो । सिमानामा भएको भारतीय हस्तक्षेप र गुमेको लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्तालगायतका देशैभर अतिक्रमित भूभाग फिर्ता ल्याउन पहलकदमी लिने कुरा कहाँ हो कहाँ, उल्टै नौजवान युवाहरूले गरेको नवीन कार्यमाथिको हस्तक्षेपले यो दलाल संसदीय राज्यव्यवस्थाको चरित्र थप उदाङ्गो बनेको छ आफ्नो सत्ता स्वार्थको लागि राष्ट्रिय अस्मिता र सार्वभौमीकता बन्धकी राखेर दिल्ली दरबार र हवाइट हाउसका मतियार बन्ने राष्ट्रघाती दलालहरूको विरुद्ध पुनः एकपटक सबै वर्ग, क्षेत्र, लिङ्ग र भेगबाट जुट्न आवश्यक छ ।
(लेखक: केन्द्रीय कार्यलय सदस्य तथा उपत्यकाको विशेष क्षेत्र इन्चार्ज – अखिल (क्रान्तिकारी)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।