१३ बैशाख २०८१, बिहीबार

राजधानी व्यवस्थापनको नाममा जनताले भोगेको समस्याप्रति नेकपा दाङको ध्यानाकर्षण

0

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टी दाङले लुम्बिनी प्रदेश राजधानी व्यवस्थापनको नाममा रोक्का भएको जग्गाको कारणले जनताले भोगेको समस्याप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा दाङका सेक्रेटरी जनक सीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सो समस्याप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

सेक्रेटरी जनकद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, – ‘दाङ जिल्ला राप्ती गाउँपालिकाका सबै वडाहरु, गढवा गाउँपालिकाको वडाहरु १, २ र ३, सितगंगा नगरपालिकाको वडा नं. ८ र ९ गरि जम्मा १४ वटा वडाहरुमा विगत लामो समयदेखि लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापनको नाममा जग्गा रोक्का भइ जनतालाई विभिन्न खालको समस्या पर्दा समेत जनताको समस्याप्रति प्रदेश सरकार गम्भीर नभएको र राजधानी स्थापना भइसकेको अवस्थामा समेत जग्गा फुकुवा नभएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’
विज्ञप्तिमा लामो समयसम्म जग्गा फुकुवा नहुदा त्यसको असर व्यापार-व्यवसाय , बैंकिङ कारोबारो , घरायसी कारोबारमा पर्न गइ विभिन्न खालका आर्थिक समस्याहरु जनतालाइ पर्न गएको समेत उल्लेख गरिएको छ ।

यस्तै बिज्ञप्तिमा स्पष्ट भनिएको छ – ‘ जग्गा फुकुवाको नभएको अवस्थामा समेत परिस्थितिलाई नबुझी वित्तीय संस्थाहरु , बैंकहरुले जनतालाइ अप्ठ्यारोमा पार्ने , जग्गा लिलाम प्रक्रियामा लैजाने जस्ता कामकार्य अव्यवहारिक देखिन्छ । एकातिर सरकारको अनिर्णय अर्कोतिर बैंकहरुको ताकेताले जनतालाइ अप्ठ्यारो अवस्था सिर्जना भएको छ । जनताको अप्ठ्यारो परिस्थितिप्रती समबन्धित सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण भइ समस्या समाधानको निम्ति तत्परता देखाउन अनुरोध छ । बैंक , वित्तिय संस्थाहरुले सेवाग्राहीलाई गरिने ज्यादती बन्द गर्न समबन्धित सबैमा यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछौ।’

प्रेस बिज्ञप्तिको पूरा


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।