१६ चैत्र २०८०, शुक्रबार

दलालसत्ता र राज्य प्रणाली विरुद्ध युवाहरुले आत्मदाह होइन विद्रोहको आँट गर्नुपर्छ : विप्लव

प्रेम प्रसादप्रति श्रद्धाञ्जली र परिवारलाई २५ हजार सहयोग गर्ने घोषणा

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपालका युवाहरुले आत्मदाह जस्तो गलत बाटो जान नहुने भन्दै दलालसत्ता र राज्य प्रणाली विरुद्ध विद्रोहको आँट गर्न आग्रह गरेका छन् ।

महासचिव विप्लवले मंगलबार आत्मदाहको प्रयास गरी बिहान उपचारका क्रममा निधन भएका इलामका प्रेम प्रसाद आर्चायको दुखद घटनाबारे बुधबार एक भिडियो सन्देश सार्वजनिक गर्दै नेपालको दलाल सत्ता र प्रणालीको निगम पूँजीवाद र एकाधिकार पूँजीवादका कारण प्रेम प्रसाद जस्ताको घटना घटेको भन्दै यस विरुद्ध विद्रोह गर्न अपिल गरे ।

महासचिव विप्लवले प्रेम प्रसाद आचार्यको आत्मदाहको घटनाले आफ्नो पार्टीलाई अत्यन्त स्तब्ध बनाएको भन्दै यो घटना प्रेम प्रसादको घटना मात्र नभई सिंगो नेपालीले भोग्नु परेको घटना भएको बताए  ।

उनले भने,“हाम्रो देशको नियति हो, घटनामा प्रेम प्रसाद आएपनि हिमाल, पहाड,तराईमा दृश्य र अदृश्य रुपमा सयौ व्यवसायी नागरिकहरुले यस्तो स्थिति भाग्नु परेको छ ,हामी दु:खी छौँ,यो प्रेम प्रसादको कुरा मात्र होइन अर्थतन्त्र, शासन प्रणाली र राज्यको नीति जिम्मेवार छ ।”
महासचिव विप्लवले संसद भवन नयाँ बानेश्वर अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गर्नु भएका र बुधबार विहान उपचारको क्रममा ज्यान गएका प्रेम प्रसादको घटना दर्दनाक र पीडादायिक भएको भन्दै उहाँको निधनमा पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्ली व्यक्त गर्दै पीडित घरपरिवारमा गहिरो समवेदना व्यक्त गरे ।

महासचिव विप्लवले प्रेम प्रसादको घरपरिवारलाई तत्काल राहत स्वरुप नेकपाको तर्फवाट रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा पनि गरे । महासचिव विप्लवले दलाल पूँजीवादी सत्ताको अत्याचारप्रति आत्मसमपर्ण र विघटनको बाटो नलिन बाटो युवा तथा नागरिकहरुलाई विद्रोह गर्न आग्रह गरे ।

महासचिव विप्लवले नेपालका एक डेढ सय जनाको हातमा नेपालको सम्पत्ति जाने अवस्था यो दलाल सत्ता र प्रणालीका कारण भएको औल्याउदै लाखौ युवाहरुले यो सत्ताको शोषण र अत्याचार सहनु परिरहेको वेला विद्रोह गर्नुको विकल्प नभएको ठोकुवा गरे ।

उनले दलाल पूँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादको बाटो भएको भन्दै हजारौं नागरिकको जीवन समाप्त पार्ने दलाल पूँजीवादका विरुद्ध वैज्ञानिक समाजवादको बाटो खोज्न विशेष अपिल गरे ।

महासचिव विप्लवले राज्यले गम्भीरतापूर्वक देशका युवा व्यवसायीहरुको समस्यालाई सम्वोधन गर्न नसक्दा दुखद घटना हुन पुगेको औल्याउदै चीनले ३,अमेरिकाले ४, युरोपियन युनियनका देशहरुले १ प्रतिशत व्याज दरमा ऋण लगानी गरिरहेको परिपेक्षमा नेपालमा भने १८ प्रतिशतको चर्को व्याज दरमा ऋण लगानी भइरहेको दुखेसो पोखे ।

महासचिव विप्लवले आफ्नो पार्टीले पाँच छ प्रतिशतले सहुतिलय ऋण नेपाली युवा व्यवसायीहरुले पाउनु पर्ने कुरा उठाएको बताउदै ,चक्रिय व्याजदरले आज तराई,हिमाल पहाडमा बैङ्क तथा लघुवित्तीय संस्थाहरुले नेपाली युवा व्यवसायीहरुलाई लुटिरहेको बताए  ।

महासचिव विप्लवले यस्तो अवस्थामा देशका सवै नागरिकहरु विकल्पको व्यवस्था र बाटोमा लाग्नु पर्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।