१५ चैत्र २०८०, बिहीबार

डोटीमा बहुमत निकट विद्यार्थीका संयोजकसहित नेकपा प्रवेश

0

डोटी : डोटीमा धमेन्द्र नेतृत्वको बहुमत निकट अखिल (क्रान्तिकारी)का संयोजकसहित जिल्ला समितिका सक्रिय सदस्यहरू नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा प्रवेश भएका छन् ।

बुधबार बहुमतका जिल्ला संयोजक रहेका वीरेन्द्र कठायतले बहुमत निकटसँग क्रान्तिका लागि स्पष्ट कार्यदिशा नभएको हुँदा सो पार्टीमा नबस्ने र आजैका मितिदेखि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मा समाहित भएको घोषणा गरेका छन् । प्रवेश गरेका संयोजक वीरेन्द्र कठायतसहित जय भाट, भक्त बोहोरालाई अखिल (क्रान्तिकारी) सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य बबरजंग सिंह , संगठनकै डोटी इन्चार्ज तथा केन्द्रीय सदस्य प्रकाश कठायत , केन्द्रीय सदस्य ललित एसके ले स्वागत गरेका थिए ।

संगठनका डोटी इन्चार्ज प्रकाश कठायतले भने , “ बहुमत नामको झुण्डले केही इमानदार संगठनका साथीहरूलाई क्रान्तिका नाममा भ्रममा राखेर अल्मल्याएको थियो अहिले साथीहरुले बुझेपछि संयोजकसहित जिल्ला टीम नै ढिलै भए पनि क्रान्तिको पक्षमा उभिएका छन् यसलाई हामीले थप क्रान्तिको बढ्दो आश्यकता र गहन जिम्मेवारीको रुपमा लिएका छौं । ” आगामी दिनमा संगठनलाई बलियो बनाएर जाने समेत कठायतले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।