६ बैशाख २०८१, बिहीबार

२५ दिनको हिरासत बसाईपछि पत्रकार बस्याल रिहा

0

जाजरकोट: जिल्लामा गैरकानुनी रुपमा हिरासत पुर्याईएका एक जना पत्रकारलाई २५ दिनको हिरासत बसाइपछि बुधवार रिहा गरिएको छ ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य कर्ण वहादुर वस्याललाई प्रहरीले गैरकानुनी ढंगले गिरफ्तार गरेर पौष १७ गते हिरासत पुर्याएको थियो । नेपाल कम्युनिष्ट पार्टीको विचारसंग आस्था राख्ने जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य वस्याललाई एक जना शिक्षकलाई कालो मोसो दलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

नेकपाले आफ्नो पार्टीले कुशे गाउँपालिका, ४ स्थित भानुभक्त माध्यामिक विद्यालयका प्रधानाध्यापक रण बहादुर शाहीलाई कालो मोसो दलेको घटनामा सहभागी भएको शङ्काको आधारमा अनुसन्धान गर्नु पर्ने भन्दै बस्याललाई प्रहरीले पक्राउ गरेको थियो।

नेपाली काँग्रेस कुशे गाउँ कमिटीका सचिव समेत रहेका शिक्षक शाहीले विद्यालयमा भ्रष्टाचार तथा अनियमिता गरेको आरोपमा नेकपाले कार्वाही गरेको थियो ।

नेकपाका जाजरकोट जिल्ला सेक्रटरी विराजनले दिएको जानकारी अनुसार पत्रकार वस्याललाई जिल्ला अदालतकै आदेशमा बुधबार रिहाई गरिएको छ ।

२५ हजार धरौटीमा पत्रकार वस्याललाई अदालतले रिहाई गर्ने आदेश गरेको सेक्रेटरी विराजन सी ले जानकारी दिएका छन । रिहाई पछि पत्रकार वस्याललाई नेकपा, जाजरकोटले खाँदा सहित टीका लगाएर स्वागत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।