१३ बैशाख २०८१, बिहीबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको अध्यक्षमा मिलन

0

 अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको आठौं जिल्ला सम्मेलन पोखरामा  सम्पन्न भएको छ ।
सम्मेलनले मिलन सी अध्यक्ष, राम बहादुर सी सचिव र राजु सीलाई कोषाध्यक्ष निर्वाचत गरेको छ भने पछि दुई सदस्य थप गर्ने गरि २३ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उभार सी ले तेस्रो केन्द्रीय समिती बैठकको भाव सम्प्रेषण गर्दै प्रशिक्षणमुलक मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला सेक्रेटरी काजी, सकुम्बासी जिल्ला संयोजक कमल र मजदुर सङ्गठनका केन्द्रीय सचिवालय सदस्य शिव सी ले शुभकामना मन्तव्य राखेका थिए भने तमु मुक्ति मोर्चाका जिल्ला संयोजक हेमन्त सी, युवा संगठनका जिल्ला सचिव महेन्द्र सी र श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचीव उमेश सी ले बधाई मन्तव्य राखेका थिए ।
सम्मेलनको प्यानल प्रस्ताव पोखरा नगर सेक्रेटरी सोममाया सी ले गरेका थिए । सबै जवसका नेताहरुसहित सम्पन्न कार्यक्रमको सञ्चालन राम बहादुर सी ले गरेका थिए भने अध्यक्षता मिलन सी ले गरेका थिए । नवनिर्वाचित अध्यक्ष मिलनले प्रतिबद्धता मन्तव्य राख्दै पार्टी र सङ्गठनप्रति पूर्ण बफादार रहदै मजदुर अधिकारको लागि अन्तिमसम्म लड्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।