१३ बैशाख २०८१, बिहीबार

नेकपा धौलागिरी ब्यूरोको प्रथम पूर्ण बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

0

बागलुङ: नेपाल कम्युनिस्ट पार्टीको धौलागिरी ब्यूरोको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय सदस्य एवम् ब्यूरो इन्चार्ज विकिरण सीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा पार्टी पोलिट ब्यूरो सदस्य तथा बैठकको प्रमुख अथिति राजन सीले मन्तव्य राख्दै क्रान्ति पूरा गर्न एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादमा पुग्न सम्पूर्ण पार्टी पङ्ती दृढतापूर्वक लाग्नुपर्ने बताए ।

बैठकले आगामी माघ १९ गते ब्यूरो स्तरीय वैचारिक राजनीतिक प्रशिक्षण गर्ने लगायतका विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।
त्यसैगरी बैठकले आवधिक ६ महिनाको योजनाभित्र जिल्ला गाउँ नगर र सेलसम्म संगठन सुदृढ र विस्तृत गर्ने, आर्थिक उत्पादनको योजना बनाइ सिङ्गो पार्टी पङ्ती आत्मनिर्भर अर्थतन्त्रको लागि अगाडि बढ्ने, राष्ट्रघाती MCC को भण्डाफोर गर्ने, मिटरब्याज, लघुबित्त, चर्कोब्याज, सुदखोर, महङ्गी, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने, जनयुद्ध वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान, दिपावली, शहिदपरिवारलाई भेटघाट र अभिनन्दनसहित रचनात्मक कार्यक्रम गरि मनाउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।