२१ बैशाख २०८१, शुक्रबार

नेकपा दक्षिण कर्णाली ब्युरोले जनआधारित पार्टी निर्माण गर्ने

0

बाँके: नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरोले जनतामा आधारित पार्टी संगठन निर्माण गर्ने निर्णय गरेको छ । साेमबार सम्पन्न भएको ब्युरोको बैठकले पार्टी केन्द्रिय समितिको आवधिक योजना र ब्युरोको स्थितिको विश्लेषण गर्दै अगाडि बढ्न यस्तो निर्णय गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनपछि भौगोलिक र साङ्गठनिक रूपमा व्यापक हेरफेरसहित हालै सम्पन्न तेस्रो बैठक पछि भएको दक्षिण कर्णाली ब्युरोको प्रथम बैठकमा ब्युरो इन्चार्ज संगम सीको अध्यक्षता र स्थायी कमिटी सदस्य विषम सीको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवम् कर्णाली मुक्ति मोर्चाका अध्यक्ष विराट सीको आतिथ्यतामा सम्पन्न प्रथम बैठकले ब्युरोका नेताहरुको कार्यविभाजन गर्दै राजनीतिक/वैचारिक क्षेत्रमा सबै जिल्लामा पार्टी प्रशिक्षण गर्ने र उत्पादनमा उल्लेख्य काम गर्न पहल गर्ने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले मिटरब्याजी र लघुबित्तको शोषणकारी प्रवृत्ति बिरुद्द निर्मम संघर्ष संचालन गर्ने, एमसिसि बिरुद्द संघर्ष गर्ने लगायतका महत्वपुर्ण निर्णय समेत गरेको छ ।

यसै गरी छिट्टै सञ्चालन हुने सामना सांस्कृतिक अभियानलाई ब्युरो ब्यापी प्रभावकारी बनाउने निर्णय भएको नेकपा केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज रणदिप सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।