१४ बैशाख २०८१, शुक्रबार

हामीले देशलाई राम्रो बनाउने सपना देख्नु पर्छ: विप्लव

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले हामी सबैले सोचेर एक चोटी हाम्रो देशलाई राम्रो बनाउने सपना देख्नुपर्ने बताएका छन् । शिवगढ़ी युवा संजालद्वारा बुधबार आयोजित लुम्बिनी प्रदेश स्तरीय कराते  खेलाडी छनौट प्रतियोगिता कार्यक्रमको उद्घाटन  गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । महासचिव विप्लवले खेलाडीहरुलाई निराश नहुन आग्रह गर्दै यहि देशमा राम्रो गर्न सकिन्छ भनेर खेलाडीले पनि सपना देख्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले  देशलाई    बिदेशिको  खेल मैदान बनाउन दिन  नहुने बताएका छन् ।  महासचिव विप्लवले सो कुरा बताएका हुन्।  महासचिव विप्लवले   बिदेशि आएर हाम्रो मालिक हुने हामी गुलाम हुने त्यो कदापि दिनु हुदैन भन्दै   देशलाई आफ्नो जनताको  देश बनाउनु पर्ने बताए।  उनले  नयाँ पुस्ता विदेश जानु नपरोस्  भन्दै नेकपाको   चाहाना  नेपालमा  अरु देशका मान्छेहरू लिएर काम गराउन  पाईयोस् भन्ने रहेको बताए ।  उनले  अरु देशका  मान्छेलाई  नेपालमा राम्रो काम पाइन्छ भन्ने गराउन सक्ने र  त्यो आफ्नो  र नेकपाको चाहना भएको बताए ।

महासचिव विप्लवले भने,–  ‘ यो देशलाई बदल्नु पर्छ बदलिएको छैन।   अरवौको भरस्टाचारको समाचार  आई रहेको छ,  एउटा खेलाडीले खान पाएको छैन  , जागिर पाउन सकेको छैन , ब्याबसाय  राम्रोसँग गर्न पाएको छैन  ।  युवाहरू देशमा सन्तुष्ट छैनन् तर अरबौ रुपैयाँको करप्सन  छ ,  देशमा कुनै कुनै मान्छेले पैसा  राख्ने ठाउँ पनि पाएका छैनन्, पैसा  लुकाउने ठाउँ पाएका छैनन्,  बिदेशका बैंकहरुमा  ब्याज तिरेर पैसा  लुकाई रहेका छन्   तर देशका जनता  आज धेरै तल परिरहेका छन् ।    तपाईंहरुले भर्खरै सुन्नु भयो होला-  बिश्वले एउटा तत्थ्याङक निकालेको छ जसमा  हाम्रो देश सबैभन्दा भ्रस्टहरू हुने देशमा  परिरहेको छ ।   कसले  भ्रस्टाचार गर्यो ?  के तपाईं हामीले गरेका छौ  ? के तपाईं हामी खेलाडी गाउँमा बस्ने जनताले  भ्रस्टाचार गरेका छौ होइन नि ।   यो देशको जिम्मा लिएर बसेका शासकहरुले भ्रस्टाचार गरेका   छन ।   यो देशमा  शासन गर्ने मान्छेहरुले सम्पुर्ण देशलाई लुटी रहेका छन चुसिरहेका छन त्यो त प्रस्ट देखिन्छ नि ।  कसैले अरबौ रुपैयाँ लिएर बैकमा लुकाई रहेका छन। कसैले एक छाक खान पनि पाईरहेका छैनन् ।  खेलाडीले राम्रोसँग  डाईट खाना ,  एउटा राम्रो  जागिर  पाएका छैनन् नि । त्यसैले यो देशलाई बदल्न अझै बाकि छ।  हामी त्यो भन्न डराउनु हुदैन हामीले गर्नु पर्छ यो देशलाई राम्रो बनाउनुपर्छ र बनाउन सकिन्छ। ‘

  महासचिव विप्लवले  खेलाडीसंग छलफल गर्न तयार भएको बताउदै खेलाडीका निम्ति नेकपाले   खेलाडीको ब्यबस्थापन गर्न के के पर्छ   त्यो गर्न  तयार भएको बताए।  उनले देशलाई सुन्दर बनाउने  सपना  देख्नु पर्छ भन्दै खेलाडीलाई  निरास नहुन आग्रह गरे ।  उनले भने – ‘निरास आउन सक्छ।   अहिले मान्छे  सडकमा मरीरहेका छन,  जलि रहेका छन,  फाँसी लगाई रहेका छन।   हामीले  फासी  लगाउनु हुदैन,  हामी आगो लगाएर आफै मर्नु हुदैन,  हामीले  आत्मदाह पनि गर्नु हुदैन,  हामी बिदेशमा गएर पनि फालिनु हुदैन,  हामिले राम्रो गर्न सक्छौ,  राम्रो गर्ने सपना देख्नुपर्छ ।  संसारभरीका राम्रा देश त्यहाँक  युवा र  जनताले  बनाएको हो,  आफै बनेको होइन।   हाम्रा खेलाडिले पनि सपना देख्नु पर्छ यहि देशमा राम्रो गर्न सकिन्छ , राम्रो बनाउन सक्नुपर्छ,  हामी त्यसको लागि सहकार्य गरौ ।   यो पार्टी त्यो पार्टी होइन  हाम्रो देशलाई सबैले सोचेर एक चोटी राम्रो देश बनाउनु पर्छ ।’

शिवगढ़ी युवा संजालद्वारा बुधबार आयोजित लुम्बिनी प्रदेश स्तरीय कराते  खेलाडी छनौट प्रतियोगिता    उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले व्यक्त गरेको धारणाको सम्पादित अंश यस प्रकार रहेको छ –  ‘  सबै भन्दा पहिले यस  महत्त्वपूर्ण कार्यक्रममा खासगरी १२  वटा जिल्लाबाट यहाँ आउनु हुने गुरु ,  प्रशिक्षक  र  खेलाडी  साथिहरू यो  प्रतियोगिता भब्य र  शानधार ढंगले सफल हुनेछ भन्ने शुभकाना राख्न चाहान्छु। नेपाल कम्युनिष्ट पार्टी जनताको  पार्टी हो ।  म  खेलाडी ,गुरुहरुलाई,फलफुलको लागि २० हजार हाम्रो पार्टीको तर्फवाट   सहयोग गर्ने जानकारी गराउछु।   तपाईहरुलाई खान बस्न गारो भयो भने हाम्रो कार्यलय यहि   नजिकै छ त्यहाँ गएर बसेपनि हुन्छ ।  तपाईंहरुलाई म स्वागत गर्न चाहान्छु ।  खेलाडी साथिहरू एक चोटी महमद अलिले भनेका  थिए  खेल भनेको कस्तो भन्दा  यहि हुन्छ भनेर ग्यारेन्टी  हुदैन ।  खेलाडीले पहिले     हार्छु कि जित्छु  भनेर सोच्नु हुदैन, खेलाडिको  आफ्नो डिउटी भनेको खेल्नु हो   राम्रो गर्नु हो र जित्नु हो ।

 फेरी हारिएछ भने पनि अर्को पटक जित्नु हो ।  त्यसकारण यो कुरा ठुलो होइन  हामी यहाँ डेडसय जना खेलाडि आएका छौ,  तपाईंहरु  मध्ये  जाने २२  जना हो ।  २२  जनामा अरु  तपाईंहरू थुपै यहाँ बाट फर्किनु हुन्छ ।  फर्किनेहरुको के हुन्छ   भन्दा  अर्को पटकको बिजेता हो,  अर्को पटक जित्ने गरि तयारी गर्नुपर्छ ।  तपाईंहरू कोहि पनि यहाँबाट निरासभएर फर्कनु   पर्दैन प्रशिक्षकहरुले पनि यो कुरा सुनाईसक्नु भएको होला।   तपाईं  राम्रो गर्नुस,  जितेर जाने बाईस जना जो  हुनुहुन्छ तपाईं यहाँ जिते भनेर गमक्क हुने होइन  काठमाडौमा जित्नुपर्छ।   फेरी काठमाडौमा प्रतिस्पर्धा  हुन्छ या देशमा कहाँ  हुन्छ , त्यहाँ जित्ने हो ।   लुम्बिनीको १२  वटै जिल्लाबाट तपाईंले राम्रो गर्नुस जितेर फर्किनुस।   हाम्रो त प्रदेशको कुरा हो,  त्यहाँ जित्न सकेपछि ईन्टरनेशनल को कुरा हुन्छ ,  त्यहा जानुपर्छ। नेपाल   खेलाडीहरुको उर्बर  ठाउ हो , जहिले पनि नेपालका खेलाडीहरुले राम्रो गरेका छन।   तर , यहाँ पुर्व उद्घोषकले  भने जस्तै हाम्रो भाईहरुले   हाम्रो देशमा गर्न चाहि धेरै बाकि छ।    केही दिन पहिला हामीले सुन्दैथियौ, हाम्रा फुटबल खेलाडी   उदास भएर बिदेशतिर पलाएन भए।    करातेको थुपै खेलाडीहरू बिदेशमा बसिराखेका छन।    म कतार  गए कतारको प्रशिक्षक पनि हाम्रो नेपालको भाई हुनुहुन्छ , यूरोपमा गए युरोपमा पनि करातेको प्रशिक्षक   नेपालको साथीहरू हुनुहुन्छ,  पुर्बि एसियामा थुप्रै  देशमा नेपालको प्रशिक्षकले तालिम गराई राख्नु भएको छ ।  तर हाम्रो देशमा धेरै गर्न बाकि छ , हाम्रो चाहाना छ कि हामी लडेयौ तपाईंहरुलाई थाहा छ  ।  हामी  पहिला माओवादी , अहिले म एउटा पार्टीको नेतृत्व गरिराखेको छु सुनी राख्नु भएको होला।   अलिअलि  आतंक पनि छ यो पार्टी भने पछि त्यो होइन   हामीले यो देशलाई जनताको  देश बनाउन चाहेका हौ ।  यो देशलाई हामीले एउटा सक्षम  मान्छेहरुको देश बनाउने,  हाम्रो आफ्नै देशमा नागरीक  उभिएर संसारमा लड्ने युवाहरुको देश बाउने चाहना छ।   त्यहि भएर  धेरै लडाई   लडियो,  आज पनि हामी लडि रहेका छौ त्यो  ठुलो कुरा होइन।   आज पनि हाम्रो लडाई जारी  छ,  हाम्रा  खेलाडीहरुलाई देशबाट पलायन हुन नदिनको लागि ।   के गर्ने हाम्रा युवाले   ठूल ठूला  सपना देखेका छन, त्यो सपनाको रक्षा गर्नको लागि राज्यले के गर्नुपर्छ  ,   रेडियो र  टेलिभिजनमा अन्तरबार्ता दिएर मात्रै हुन्छ  ? एउटा खेलाडिको रक्षा कसरी गर्न सकिन्छ ,   हामी सुन्दैछौ उद्योग, ब्याबसाय   टाटपल्टिदै गएका छन , युवाहरु   निरास भएर  आफैले आफैलाई आगो लगाउनुपर्ने स्थिति  बन्दैछ।   उद्योग , व्यापारमा राम्रो गर्न नसकेको कारण आगो लगाएर मर्नुपर्ने स्थिति आएको छ।  चेलिबेटीहरू  अरब  र  कतारमा गएर फासि लगाएर मर्नु परीरहेको छ ।   साठी लाख हाम्रो दाजुभाई  , दिदी बैनि   बिदेशमा गएर बिचल्लिको जीवन बिताई रहेका छन।   यसलाई कसरी अन्त गर्ने ? हाम्रो चाहाना छ , हामी सक्छौ र हामीले  सक्नुपर्छ ।   यो देशलाई राम्रो बनाउनुपर्छ,  यो देशलाई नेपाली जनताको  बनाउनुपर्छ , बिदेशिहरुको  खेलमैदान बनाउन दिनु हुदैन ।  बिदेशि आएर मालिक बन्ने यहि देशमा हामी  उसको गुलाम बन्नुपर्ने ?   रु बिदेशि आएर हाम्रो मालिक हुने हामी गुलाम हुने  ? त्यो कदापि दिनु हुदैन ।  हाम्रो देशलाई हाम्रो   देश बनाउनुपर्छ ।   नयाँ पुस्ता  आउदै हुनुहुन्छ    तपाईंहरु बिदेश जानू नपरोस हाम्रो चाहाना छ ।  हाम्रै देशमा बरू अरुदेशका मान्छेहरू ल्याएर  काम गराउन  पाईयोस।   अरु देशका मान्छे  यहाँ राम्रो काम पाइन्छ भनेर आउन   हामी गर्न सक्छौ ।  हाम्रो पार्टीको चाहना  यहि छ।   यो देशलाई बदल्नु पर्छ बदलिएको छैन । अहिले पनि तपाईंहरुले सुनी राख्नु भएको छ दिन -दिनै अरबौको भरस्टाचार भै  रहेको छ।   एउटा खेलाडिले खान पाएको छैन , खेल्न पाएको छैन   जागिर पाउन सकेको छैन । उद्योग ब्याबसाय राम्रोसँग गर्न पाएक छैनन् ,  युवाहरू देशमा सन्तुष्ट छैनन् तर अरबौ रुपैयाँको करप्शन छ।   देशमा कुनै कुनै मान्छेले पैसा  राख्ने ठाउँ पनि पाएका छैनन्,  पैसा  लुकाउने ठाउँ पाएका छैनन् , बिदेशका बैंकहरुमा मान्छेले ब्याज तिरेर पैसा  लुकाई रहेका छन ।    देशका जनता  धेरै तल परिरहेका छन ।   भर्खरै सुन्नुभयो होला बिश्वले एउटा तत्थ्याङक निकाल्यो  हाम्रो देश सबैभन्दा भ्रस्टहरू हुने देश परिरहेको छ ।  कसले गर्यो भ्रष्टाचार  तपाईं, हामीले गरेका छौ ,  के   खेलाडी,  गाउँमा बस्ने जनताले  गरेका छन् होइन  यो देशको जिम्मा लिएर बसेका शासकहरुले गरेका छन । यो देशमा   शासन गर्ने मान्छेहरुले सम्पुर्ण देशलाई लुटी रहेका छन,  चुसिरहेका छन त्यो त प्रस्ट देखिन्छ नि।   कसैले अरबौ रुपैयाँ लिएर बैकमा लुकाई रहेका छन, कसैले एक छाक खान पनि पाईरहेका छैनन् ।  खेलाडीले राम्रोसँग   डाईट खान् ,  एउटा राम्रो  जागिर पाएर बस्न  पाएका छैनन् ।   त्यसैले यो देशलाई बदल्न अझै बाकि छ , हामी त्यो भन्न डराउनु हुदैन।   हामीले गर्नु पर्छ,  यो देशलाई राम्रो बनाउनुपर्छ बनाउन सकिन्छ ।  हाम्रो देशलाई सुन्दर बनाउने  सपना हामीले   देख्नु पर्छ ,   हामी निरास हुनु हुदैन।   यहाँ आएका भाई बैनिहरुलाई  कता कता निरास आउन सक्छ ।   अहिले मान्छे   सडकमा मरीरहेकाछन , जलि रहेका छन , फाँसि लगाई रहेका छन ।  होइन  हामीले  फासि लगाउनु हुदैन , हामी आगो लगाएर आफै मर्नु हुदैन , हामीले  आत्मदाह पनि गर्नु हुदैन ,  हामी बिदेशमा गएर पनि फालिनु हुदैन  ।  हामी  राम्रो गर्न सक्छौ  र राम्रो गर्ने सपना देख्नुपर्छ ।  संसारभरीका राम्रा देश त्यहाँ युवा र जनताले    बनाएका हुन्   आफै बनेका होइनन।   हाम्रा खेलाडिले पनि सपना देख्नुपर्छ,  यहि देशमा राम्रो गर्न सकिन्छ ,  राम्रो बनाउन सक्नुपर्छ ।  हामी त्यसको लागि सहकार्य गरौ ,  यो पार्टी त्यो पार्टी होइन , हाम्रो देशलाई   सोचेर एक चोटी राम्रो देश बनाउनु पर्छ ।    भाई बैनिहरु  प्रतियोगितामा सफल हुनुस भन्ने शुभकामना राख्दै यो खेलमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै धेरै धेरै शुभकामना। ‘


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।