१७ बैशाख २०८१, सोमबार

झापामा नेकपाले दियो ३० दिने अल्टिमेटम: घर जग्गा फिर्ता गर्न मिटरब्याजीहरुलाई चेतावनी

0

झापा: नेपाल कम्युनिस्ट पार्टीले महानन्द नेपालको घर जग्गा ३० दिनभित्र सुरु बोलकबोल अनुसार फिर्ता गर्न मिटरब्याजीहरुलाई चेतावनी दिएको छ ।

पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सञ्जय सीले एक चेतावनी विज्ञप्ति जारी गर्दै महानन्द नेपालको घर जग्गा ३० दिन भित्र सुरु बोलकबोल अनुसार फिर्ता गर्न मिटरब्याजीहरुलाई चेतावनी दिएका हुन् ।

झापा शिवसताक्षी ११ दुधे निवासी नेपाल परिवारलाई तीन लाख दिएर दृष्टिबन्धक लिएको घरजग्गा खड्ग बहादुर काम्वाङ, माओवादी केन्द्रको नेता डम्बर पुलामी लगायतले विभिन्न ब्यक्तिको नाममा नामसारी गर्दै हडप्न थालेपछि नेपाल कम्युनिस्ट पार्टीले यस्तो चेतावनी दिएको हो ।

उक्त घर जग्गा ३० दिन भित्र फिर्ता नगरे सडकमा ल्याएर जनकार्वाही गर्ने समेत चेतावनी दिएको छ । साथै विज्ञप्तिमा झापामा मिटरब्याजी, बैंक तथा बित्तिय संस्थाले उद्यमी, व्यवसायी र गरेर खानेलाई आतंकित बनाएको, चर्को ब्याज अशुलेको, तीन पुस्ते निकाल्ने धम्की दिएको, अपहरण गरेर, जबरजस्ती अशुली गरेको भन्दै एक अंकमा ब्याज घटाउन र सहज ढंगले व्यवहार मिलाउने वातावरण बनाउन सरोकारवालाहरुलाई खबरदारी गरेको छ । सो पार्टीले झापामा त्यस्ता खालका ठगहरु विरुद्ध आफ्नो पार्टी सशक्त रुपमा लड्ने र पीडितहरु सशक्त प्रतिकार गर्न संघर्षको मैदानमा आउन अपिल समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।