१८ जेष्ठ २०८२, आईतवार

साम्राज्यवादले कम्युनिस्टलाई सिध्याउने नीति लिएको छ : विप्लव

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले साम्राज्यवादले संसदीय कम्युनिस्टलाई भोटले सिध्याउने र क्रान्तिकारी कम्युनिस्टलाई दमन गरेर सिध्याउने नीति लिएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्युरोको प्रशिक्षण कार्यक्रममा सम्बाेधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

कुलमान घिसिङलाई प्रयोग गरेर लफसिफेदीमा एमसीसी आइरहेकाे भन्दै साठगाठले नभएर नेपाललाई अहिलेको संकटबाट पार लाउन सबैले क्रान्तिकाे लागि साेच्नु पर्ने बताए ।
उनले भने, ‘यही व्यवस्था ठिक भन्ने हो र मान्ने हो भने एकता हुन्न तर समाजवादको लागि जाने हो भने, संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादमा जाने र संसदीय पार्टीको विकल्प नेपाल कम्युनिस्ट पार्टी हुने हो भने हुन सक्छ ।’

महासचिव विप्लवले अगाडि थप्दै भने, ‘अपरकर्णाली विरुद्ध लड्ने पार्टी हाम्राे हो, पार्टीका लागि ज्यान दिने कार्यकर्ता हाम्रा नै छन् र देशका लागि ज्यान दिने पार्टी पनि हाम्रो छ । त्यसैले जनआधारित पार्टी जनआधारित नेता कार्यकर्ता बनाउने जनताले आफ्ना सुख दु:खमा भेट्न पाउने पार्टीले कार्ययोजना लिएको छ ।’

नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्युरोको प्रथम बैठकले गरेको निर्णय बमोजिम ब्यूरोका सबै जिल्लाका जिल्ला सदस्य तथा जिल्ला सल्लाहकार समितिका सदस्यहरुकाे उपस्थितिमा प्रशिक्षण कार्यक्रम गरिएको छ ।
नेकपा महासचिव विप्लवकाे प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता ब्युरो इन्चार्ज सन्जिवले
गरेका थिए । साथै कार्यक्रममा पोलिटब्युरो सदस्य द्वय भेषराज र बिजयको र पार्टी केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज कमलको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य पार्टी केन्द्रिय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज जागृतीले राखेका थिए । कार्यक्रममा पार्टी केन्द्रको सर्कुलर, ९ औं केन्द्रिय समितिको तेस्रो बैठकले पारित गरेको दस्तावेज र ब्युरोले पारित गरेको ´´केन्द्रिय प्रस्ताव र पश्चिम लुम्बिनी लुम्बिनी ब्यूरोका अभिभाराहरु“ वाचन केन्द्रिय बैकल्पिक सदस्य तथा पुर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिलले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।