१६ चैत्र २०८०, शुक्रबार

सहिदका सालिक तोडफोड गर्ने अपराधीलाई कडा कारबाही गर्नुपर्छ : इन्चार्ज सविन

0

घोराही: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सविन सीले सहिदका सालिक तोडफोड गर्ने राष्ट्रिय अपराधीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । आज शनिबार बिहान घोराही उपमहानरपालिका–१४ झिंगौरामा रहेको सहिदका सालिक तोडफोड भएको घटनाको स्थलगत अनुगमन गर्न पुगेका उनले यस्तो बताएका हुन् ।
पार्टीका राप्ती ब्युरो इञ्चार्ज सविन सीले सहिदको सालिक तोडफोड अपराधिक घटना भएको र उक्त घटनाले आफ्नो पार्टीलाई दुःखी र स्तब्ध बनाएको बताए । उनले नेपालमा भएको प्रतिक्रान्तिको रुपमा पनि यो घटनालाई बुझ्नुपर्ने स्मरण गराउँदै सहिदहरु भनेका राष्ट्रिय सम्पत्ति भएको र यस्ता सम्पत्तिमाथि अतिक्रमण गर्ने अतिक्रमणकारीहरु राष्ट्रिय अपराधी भएको जिकिर गरे । स्थानीय प्रशासनले यी- यस्ता अपराधीहरुको गम्भीर्यतापूर्वक अनुसन्धान गर्ने र न्यायको कठघरामा उभ्याउनुपर्ने उनको भनाइ छ ।
‘यस्तो अपराध कार्यमा संलग्न तत्वहरु जो सुकै भएपनि प्रशासनले कडा कारबाही गरोस्,’ उनले भने ‘हामी-हाम्रो पार्टीको तर्फबाट कसले अपराध गरेको हो । किन अपराध गरेको हो भन्ने विषयमा गम्भीर अनुसन्धान हाम्रो पार्टीबाट सुरुवात भइसकेको छ । र, यो अपराधमा संलग्न अपराधीहरुको कडा कारबाही गर्ने सन्दर्भमा पार्टीले विशेष ध्यान पु¥याउने छ ।’

इञ्चार्ज सविनले ओम भक्त चौधरी लगायतका तीन जना सहिदका सालिकको टाउको फुटाउने अपराधीहरु समाजको गतिशीलतालाई अवरुद्ध गर्ने र समाजको अग्रगमणकारी अभियानलाई अवरुद्ध पार्ने तत्व भएको बताए । ‘यी तत्वहरुको विरुद्ध हामीले निरन्तर संघर्ष गर्नुपर्छ,’ उनले भने ‘ यो सामान्य सुरक्षाको कुरा मात्र होइन । यो तारबार लगाउने कुरासँग सम्बन्धित कुरा मात्रै छैन । यो अग्रगमनका विरुद्धमा, क्रान्तिकारी आन्दोलनका विरुद्धमा र जनयुद्धको विरुद्धमा गरिएको आक्रमण हो । यस्ता आक्रमणकारी तत्वहरुलाई हामीले ठिक ढंगले कारबाही गर्नुपर्दछ । यस्ता अपराधीहरुलाई न्यायको कठघरामा उभ्याउनु नै पर्दछ । यो सालिकको पुनः निर्माण गर्न, यो सालिकलाई मर्मत गर्न र अपराधीहरुलाई कडाभन्दा कडा कारबाही गर्न म प्रशासनसँग जोडदार माग गर्दछु । हाम्रो पार्टीको तर्फबाट यो सालिक निर्माण गर्न विशेष पहल गर्नेछौं ।’
नेता सविनले आज समाज एउटा ठूलो विश्रृंखलतामा अगाडि बढिरहेको र यो पार्क गाँजा खाने गजडीहरुको आश्रय स्थलको रुपमा विकास भइरहेको बताए । गाँजा खाने गजडीहरुको आश्रय स्थल रुपमा यो पार्कलाई बनाउने होइन कि यो सहिदहरुको संरक्षण गर्ने पार्कको रुपमा विकास गर्नुपदर्छ उनले भने । यो पार्कलाई एउटा पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्ने र गाँजा खाने गजडीहरुलाई यो पार्कभित्र निषेध गर्नुपर्नेमा उनले जोड दिए । यो सहिद स्मारक पार्कप्रति यहाँका समुदायहरु जागरुकका साथै विशेष सचेत हुनुपर्ने र प्रहरी प्रशासनले पनि यहाँ नियमित गस्ती गर्नुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झाना सीले सहिदका सालिक तोडफोडप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले सहिदहरुको रगत र पसिनाले आज देश यो स्तरसम्म पुगेको स्मरण गराउदै समाजको आमूल परिवर्तन हुन नसके पनि देशमा जे जति परिवर्तन भएका छन्, त्यो जनयुद्धले भएको कुरामा जोड दिइन् । जनयुद्धको परिवर्तनमाथि बसेर राज गर्नेहरुले सहिदका सालिकसम्म देख्न नसक्नेले यो घटना घटाएको कुरामा जोड दिँदै इञ्चार्ज सम्झनाले यो दर्दनाक र अमानविय घटना कतै न कतैबाट परिचालित भएको ठोकुवा गरिन् ।

घोराही उपमहानरपालिका– १४ का पूर्व वडा अध्यक्ष शक्तिराम डाँगीले सहिद पार्कमा भएको घटनाले आफूलाई निकै स्तब्ध बनाएको बताए । उनले अहिले सहिद सप्ताह चलिरहेको हुँदा सहिदका सालिकका मुर्तिहरु मात्र निर्माण गरेर भएपनि सहिदको सम्मान गर्नुपर्ने कुरामा जोड दिँदै त्यो निर्माणको काममा लाग्न सम्बन्धित वडाका वडा अध्यक्षलाई चासो ल्याइदिन अनुरोध गरे । ‘सार्वजनिक सम्पत्तिहरु नेतृत्व जसले गरेपनि, जसका पालामा बनेपनि ती सम्पत्ति साझा हुन्,’ उनले भने ‘ ती सम्पत्ति देशको गहना हुन् र इतिहास हुन् भन्ने कुरामा हामीले आत्मासाथ गर्नुपर्छ । त्यसकारण कसका पालामा बने, कसले बनाए भन्ने कुराहरु सहायक हुन् । मुख्य कुरा यिनी इतिहास हुन् । यिनीलाई बचाउनुपर्छ । संरक्षण गर्नुपर्छ, भन्ने कुरा मुख्य हुन् ।’

पूर्व अध्यक्ष डाँगीले यो घटनाको घोर भत्र्सना गर्दै यस्ता हर्कत, यी कार्यहरु पुनः नदोहोरिओन् र कहीँ कतै कसैले गर्न नहुने भन्दै सबै सार्वजनिक सरोकारहरुका महत्वका, चाँसोका विषयहरुलाई बुझ्ने र हेर्नुपर्ने बताए । सहिदका सालिकहरु तोडफोड गरेर ढले पनि इतिहास ढलेको छैन र यसलाई हामीले पुनः निर्माण गछौं उनले भने । पुनः निर्माण गर्नका लागि सरोकारवालाले नै गर्नुपर्ने र सरोकारवालाले नै नगरेर आफूहरुले निर्माण गर्ने वातावरण सिर्जन नहोस् भन्ने स्मरण गराउदै राज्यले नै दायित्व ग्रहण गर्नुपर्ने अध्यक्ष डाँगीको भनाइ थियो ।

त्यस्तै स्थानीयवासी सहदेव थारुले सहिद मात्रै नभएर परिवर्तनमा होमिएका जनताहरुको भावनाप्रति ठेस पुग्नेगरी घटाइएको घटना भएकाे बताए । उनले यो घटना सुनियोजित तरिकाले घटाइएको र घटनामा संलग्न जो कोहीलाई पनि दण्डनीय कारबाही गर्नुपर्ने कुरामा जोड दिए ।

घोराही – १४ को झिंगौरा रहेको सहिद स्मारक पार्कमा हिजो शुक्रबार अपराधी समूहले सहिदका सालिक तोडफोट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।