५ जेष्ठ २०८१, शनिबार

नेकपा जनकपुर ब्युरोले जागरण अभियान सञ्चालन गर्ने

0

जनकपुर: नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले आगामी फाल्गुन २१ गतेदेखि चैत २१ गतेसम्म राजनीतिक तथा योजनागत जनजागरण अभियान सञ्चालन गर्ने भएको छ। शनिबार नेकपा केन्द्रिय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज जुझारु सी को अध्यक्षता र पोलिट ब्युरो सदस्य आधार सी प्रमुख आतिथ्यतामा सम्पन्न ब्युरोको प्रथम बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रमुख अतिथि पार्टीको पोलिटब्युरो सदस्य आधार सीले केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकद्वारा पारित दस्तावेज, सर्कुलर र पार्टीको पहिलो ६ महिने आवधिक योजनाको भाव सम्प्रेषणसहित प्रशिक्षण मन्तव्य राखेका थिए।

नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोको प्रथम बैठकले वालिङ, पोस्टरिङ लगायत प्रचारप्रसारका कार्यक्रम गर्ने, मिटर व्याज, चर्को बैंक ब्याजदर, भ्रस्टाचार, लघुवित्त विरुद्ध सशक्त कार्यक्रम गर्ने, चर्को महङ्गी विरुद्ध प्रदर्शन गर्ने, निर्णय समेत गरेको नेकपा केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कमल सी ले जानकारी दिएका छन्।

धनुषाको बर्दिवासमा भएको बैठकमा नेकपा केन्द्रिय सदस्यहरु, सिन्धुली जिल्ला इन्चार्ज शशी सी, सर्लाही जिल्ला इन्चार्ज कमल सी, महोत्तरी इन्चार्ज पवन सी लगायत ब्यूरो सदस्यहरु सहभागी रहेको बताइएको छ भने बैठकले फाल्गुन १ गते जनयुद्ध दिवस मनाउने, सहिद सप्ताहका अवसरमा बिशेष कार्यक्रम गर्ने र राष्ट्रिय स्वाधीनताका पक्षमा जनपरिचालन गर्ने निर्णय समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।