६ जेष्ठ २०८१, आईतवार

अखिल (क्रान्तिकारी) ले स्ववियु विशेष प्रशिक्षण गर्दै, महासचिव विप्लवले सम्बाेधन गर्ने

0

काठमाडौँ: शिक्षामा निजीकरण र व्यापारीकरण बन्द गर!, जनताका लागि सर्वसुलभ र समान शिक्षाको व्यवस्था गर!! भन्ने मुख्य मुद्दा लिएर आन्दोलनरत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले यहि माघ २४ गते स्ववियु विशेष केन्द्रिय प्रशिक्षण गर्ने भएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा संगठनका शैक्षिक मुद्दाहरूबारे विद्यार्थी नेताहरूलाई प्रशिछित गर्ने उदेश्यले कार्यक्रमको आयोजना हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत ६१ ओटा आङ्गिक क्याम्पस र १ हजार ४० ओटा सामुदायिक / सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने तय भैसकेको छ।

“मङ्गलबार बिहान ११ बजेबाट त्रिभुवन बिश्वबिधालय केन्द्रिय कार्यालयको अडिटरियन हल कृतिपुरमा हुने स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमको उध्घाट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले गर्ने तय भएको छ”- “अखिल (क्रान्तिकारी) का महासचिव ललित विश्वकर्माले भने,- “आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा चुनावी एजेन्डा के हुने? अबको विद्यार्थी आन्दोलन र शैक्षिक आन्दोलनका ठोस मुद्दाहरु के के हुने र निर्वाचनलाई कसरी निष्पक्ष र स्वतन्त्र बनाउने भन्ने बारे प्रशिक्षण गर्न लागेका हौ ।”

माघ २४ गते हुने भनिएको स्ववियु केन्द्रित प्रशिक्षणमा देशभरीबाट अखिल (क्रान्तिकारी) का ५ सय विद्यार्थी नेताकार्यकर्ता सहभागी हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।