७ बैशाख २०८१, शुक्रबार

नेकपा उपत्यका ब्युरोले महङ्गी र भ्रस्टाचार विरुद्ध जनप्रदर्शन गर्ने

0

काठमाडाैँ: नेपाल कम्युनिस्ट पार्टी काठमाडौ उपत्यका ब्युरोले देशमा बढिरहेको महङ्गी, मुल्य वृद्धि , भ्रस्टाचार र मिटर ब्याज विरुद्ध बिरोध प्रदर्शन गर्ने जनाएको छ। काठमाडौँको बुद्दनगरस्थित पार्टी कार्यालयमा शुक्रबार सम्पन्न उपत्येका ब्युरोको प्रथम बैठकले जनताको ढाड सेक्ने गरि महङ्गी र भ्रष्टाचार बढेको भन्दै आगामी फाल्गुन १५ गते उपत्यकामा प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज कृति सी को अध्यक्षतामा भएको प्रथम बैठकमा स्थायी कमिटी सदस्य, विदेश विभाग इन्चार्ज तथा प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यता रहेको थियो भने बैठकमा पोलिट ब्युरो सदस्यहरू प्रज्वल सी , चिरन सी,आस्था सी , बन्धु सी, हितमान सी, केन्द्रिय सदस्यहरु चिरञ्जीवी सी, भृकुटी सी, बिपिन सी, तुलसीनारयण सी, अखिल सी , ज्ञानु सी लगाएत ब्युरो कमिटी सदस्यहरुको सहभागीता रहेको बताइएको छ।

बैठकमा प्रमुख अतिथि प्रवक्ता प्रकाण्डले विश्व पुजीवादी साम्राज्यवादले खडा गरेका चुनौतीहरुको सामना गर्दै पार्टी केन्द्रिय समितीले निर्धारण गरेका जिम्मेवारीलाई बोध गर्दै अगाडि बढ्न निर्देशन दिदै उपत्यका ब्युरोले बहन गर्नु पर्ने कार्यभारबारे प्रशिक्षित गरेका थिए।

उपत्यका ब्युरोको प्रथम बैठकले ब्युरो सदस्यहरुको कार्य विभाजन गर्दै फाल्गुन १ गते जनयुद्ध दिवस मनाउने , सहिद सप्ताहलाई बिशेष कार्यक्रम सहित सम्पन्न गर्ने, ८ मार्च मनाउने र पार्टी केन्द्रिय समितिको तेस्रो बैठकको दिशानिर्देश अनुसार जनआधारित पार्टी र जनआधारित नेताकार्यकर्ता निर्माणमा केन्द्रित हुने निर्णय समेत गरेको केन्द्रिय सदस्य चिरञ्जीवी सी ले जानकारी दिएका छन।

यस्तै प्रथम बैठकमा केन्द्रिय समितिद्वारा पारित दस्ताबेज र सर्कुलर ब्युरो इन्चार्ज कृतिले बाचन गरेका थिए भने बैठकमा सहभागी ब्युरो सदस्यहरुले आगामी आवधिक योजनालाई सफल पार्न सुझाव सहितको मौखिक रिपोर्टिङ पेश गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।