१६ चैत्र २०८०, शुक्रबार

पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर

0

कैलाली: नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोको संयुक्त राजनैतिक तथा योजनागत १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कैलालीको अत्तरियामा नेकपाका स्थायी समिति सदस्य भरत सि को प्रमुख आथित्यतामा भएको उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि भरत सि ले नवौं महाधिवेशन पछिको पार्टीको समग्र स्थितिको बारेमा संश्लेषण सहित प्रशिक्षित गरेका थिए । प्रशिक्षणमा सम्बोधन गर्दै नेता भरत सि ले पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैली सहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर भएको बताए । वर्तमान राष्ट्रिय राजनीतिलाई उद्यत गर्दै उनले भने , “ विगतमा जनताको बलबाट लडेर ल्याएको गणतन्त्र माथि डकैती भएको छ । ” पुरानो राज्य सत्ताको केही स्वरूप बदलिएको भएता पनि मूल रूपमा अवस्थामा कुनै परिवर्तन भएको छैन त्यसकारण यो दलाल व्यवस्थालाई बदल्नु पर्ने आबस्यकता परेको छ, उनले भने ।

अनुउत्तरित रहेको कम्युनिस्ट आन्दोलनमा निर्णयक उपलब्धि नभए पनि नयाँ सामाजिक अनुसन्धानको केन्द्रका रुपमा आफ्नो पार्टीले विकास गरेको उनको भनाइ थियो । अहिले हावी भएको दलाल पूँजीवादले देशलाई दिन प्रति दिन संकट तिर धकेलेको छ यसलाई परास्त गर्न नयाँ विचार सहितको नेतृत्वको आवश्यकताका रहेको छ र त्यसको नेतृत्व गर्ने हैसियत सहित त्यो ठाउँमा आफ्नो पार्टी नेकपा उभिएको समेत नेकपा नेता भरत सि को भनाइ थियो । साथै संकटपूर्ण रूपमा रहेको पूँजीवाद अन्त्य गरी बैज्ञानिक समाजवाद स्थापना गर्नु आवश्यक रहेको नेकपा नेता रणवीरले भने ।

पार्टी भित्रका र बाहिरका हमला विरुद्ध आक्रामक ढंगले लाग्न र अझै संघर्षको बाटोमा अगाडि बढ्न प्रशिक्षार्थीलाई उनले आग्रह गरे। । भर्खरै सम्पन्न गरेको नेकपाको तेस्रो पूर्ण बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनले मार्गनिर्देश गरेको विचारलाई समेत उनले व्याख्या गरेका थिए । पार्टीको तेस्रो बैठकले पारित ६ महीने आवधिक योजनालाई कडाइ पूर्वक लागू गर्ने विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ र पार्टी कार्यकर्ताले निर्णयलाई पूर्ण रुपमा विचारलाई व्यवहारमा रूपान्तरण गर्न निर्देशन समेत उनले गरे ।

हामी जनताको विचमा जानु पर्छ, जनताका समस्यासंग एकाकार हुनुपर्छ, समस्या समाधान गर्ने गरी काम गर्नुपर्छ नेता रणविरले भने । हामी उत्पादनसंग जोडीनु पर्छ , सरकारसंग नभएको चिज उत्पादन र आविष्कार हामीसंग भएकाले विश्वको आशा हाम्रो पार्टी प्रति छ । त्यसैले हामीले हाम्रा आनीबानी सुधार गर्नु आवश्यक छ उनले भने । स्थायी समिति सदस्य रणविरले पार्टी नेता कार्यकर्ताको मुल्याङकन पुरानो भनेर नहुने बताउदै व्यवहार र कामका आधारमा गरिने बताउदै पार्टीले तेस्रो पूर्ण बैठकबाट छ महिने आवधीक योजनालाई अगाडी सारेको बताउनु भयो ।

आबधिक योजनालाई कार्यान्वयन गर्न जनताको विचमा जाने र संगठन निर्माण गर्ने नेता कार्यकर्ताको उचित मुल्याङकन गरिने उनले बताउनु भयो । अन्य पार्टीहरुले आफ्नो पार्टीमा ल्याउन कसरत गर्छन तर हामीले काम गर्न नसक्नेलाई पार्टी छोड्न सक्ने भनेका छौ, हामीलाई संख्या होईन परिणाम चाहिएको छ उनले भने । उनले तिन वटा आधार र पाचवटा गर्नु पर्ने कार्यालाई पार्टीले निर्धारण गरेको जानकारी गराउदै संगठन, आर्थिक र प्रविधी मुख्य तिन वटा आधारलाई पार्टीले मुख्य रुपमा लिएको बताए । त्यसैगरी सूचना सञ्चार प्रचार, अन्र्तराष्ट्रिय मोर्चा,प्रकाशन, संस्कृती र संयुक्त मोर्चा गर्नु पर्ने पाच वटा कार्य भएको बताए । तिन वटा आधारमा संगठन निर्माणमा लाग्ने पर्ने र आर्थिक अवस्थामा सुधार गरी आत्मनिर्भर बन्नुका साथै प्रविधिमा समेत विकास गर्नुपर्ने बताए ।

त्यसैगरी गर्नु पर्ने कामहरुमा सूचना सञ्चार र प्रचार प्रसारमा जोड दिने, अन्तर्राष्ट्रिय जगतमा एकिकृत जनक्रान्तीको विषयमा जानकारी गराउने र मोर्चा बनाउने कार्य गर्नुपर्ने बताउनु भयो । त्यसैगरी प्रचार प्रसारलाई तिब्र बनाउन प्रकाशनलाई जोड दिने बताउनुका साथै संस्कृतिमा सी जातीको विकास गर्नु पर्ने उनले बताउनु भयो । मृत्यु संस्कार देखि जन्म र विबाहमा समेत फरक ढंङगले संस्कृतीको विकास गर्नु पर्ने बताउनु भयो । त्यसैगरी संयुक्त मोर्चालाई पनि पार्टीले जोड दिएको बताउनु भयो । नेता रणविरले सुदूरपश्चिम प्रदेश सहिद भिमदत्त पन्त, दशरथ चन्द, जयपृथ्वी बहादुर सिह र डाः केआई सिहको विरासत बोकेको प्रदेश भएको बताउदै क्रान्तिको उर्बर भूमी भएकाले सुदूरपश्चिमका नेता कार्यकर्ताहरुले फरक पहिचान बनाउनु पर्ने बताउनु भयो ।

त्यसैगरी नेकपा पोलीट ब्यूरो सदस्य असलले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी नयाँ ढङगले अगाडी बढेको बताए । उनले क्रान्ती नजिकै रहेको बताउदै आत्मगत रुपमा तयार हुन जरुरी भएको बताए । उनले दस्ताबेजले क्रान्तिका लागि आत्मगत र संगठनात्मक रुपले तयार हुन निर्देश गरेको बताउदै महङगी, भ्रष्टाचार, कालोबजारी र दलालीको अन्त्य गरी जनताको शासन ब्याबश्था बैज्ञानिक समाजबाद स्थापना गर्न एकिकृत जनक्रान्तीको माध्यमबाट सम्पूर्ण नेता कार्यकर्ताहरुले एक ढीक्का भएर आवधिक योजना सफल पार्न लागनु पर्ने बताए ।

सेती ब्युरो ईन्चार्ज डबल बहादुर शाह (भगत) को अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको सञ्चालन महाकाली ब्यूरो ईन्चार्ज समरले गरेका थिए भने कार्यक्रममा केन्द्रिय सदस्यहरु र सुदूरपश्चिमका ९ वटै जिल्लाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।