१३ बैशाख २०८१, बिहीबार

नेकपा महासचिव विप्लव र समाजवादीका अध्यक्ष माधव नेपाल बीच भेटवार्ता

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , पार्टी प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । काठमाडौँस्थित समाजवादी पार्टीको केन्द्रिय कार्यालयमा बिहीबार बेलुका दुई पार्टीको शिर्ष तहमा भेटवार्ता भएको नेकपा केन्द्रिय सदस्य अडिग सी ले जानकारी दिएका छन् ।

भेटवार्ताको क्रममा मुलुकको जटिल र संकटपूर्ण आर्थिक राजनीतिक परिस्थिति, नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरुको नयाँ आधारमा ध्रुवीकरणको ऐतिहासिक आवश्यकता र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी श्रोतले दिएको छ।

केहीदिन अघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालका संसदभित्रका कम्युनिस्टहरुलाई साम्राज्यवादले पश्चिम बङ्गालको ठाउँमा पुर्याउन लागिरहेको र आफुहरुलाई पेरु, कम्बोडिया र निकारागुवा जस्ता क्रान्तिको असफलता भएका देशहरु जस्तो बनाउन खोजेको भन्दै कम्युनिस्टहरुलाई एकीकृत गर्ने प्रयास गर्ने अभिव्यक्ति दिएको बेला उनका पछिल्ला भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

हालै सम्पन्न नेकपाको केन्द्रिय समितिको तेस्रो बैठकले विचार मिल्नेहरुसङ्ग पार्टी एकता गर्ने र मुद्दा मिल्नेहरु सङ्ग कार्यगत एकता गर्दै मुलुकको निराशपूर्ण परिस्थितिलाई चिरेर अघि बढ्ने निर्णय गरेको बताइएको छ।

महसचिव विप्लवले यसअघि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी (सुशिल) लगाएतका कम्युनिस्ट नेताहरूसङ्ग भेटवार्ता गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।