८ बैशाख २०८१, शनिबार

नेकपा नारायणी ब्युरोको प्रशिक्षण सम्पन्न

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्यूरोको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।नेकपाको हालै सम्पन्न नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकले लिएयका राजनीतिक , संगठन , संघर्ष र आर्थिक योजनाको मर्म र जिम्मेवारीबारे सम्प्रेषण गर्ने उदेश्यले प्रशिक्षण आयोजना गरिएको हो।

मकवानपुरको बस्तीपुर स्थित सम्पन्न भएको प्रशिक्षण कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एबम प्रकाशन तथा प्रचार प्रसार विभाग इन्चार्ज अनिल शर्मा बिरही ले उद्घाटन गर्दै ६ महिने योजनाको उचाई र पार्टी कार्यभारबारे प्रशिक्षण दिएका थिए ।

नारायणी ब्युरो इन्चार्ज एटम सी को अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नेकपा पोलिट ब्युरो सदस्य सन्देश सी लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज उत्सव सी ले सञ्चालन गरेको कार्यक्रममा मकवानपुर इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य वाटर सी ले मन्तव्यद्वारा स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।