८ बैशाख २०८१, शनिबार

४ कम्युनिस्ट पार्टीले एकता एवं क्रान्तिकारी ध्रुवीकरणको लागि संयुक्त मोर्चालाई व्यवस्थित गर्ने

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीसहित चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी
बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय गरेका छन् ।
चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बसेकाे बैठकले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फाल्गुण १५ गते चार पार्टीको बैठक बस्ने निर्णय समेत गरेको छ ।

बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती र नेकपा माओवादी समाजवादका अध्यक्ष कर्णजित बुढाथोकी
‘सुशिल’ ले संयुक्त प्रेस विज्ञप्ति जारी गरि देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गम्भिर अवस्थामा रहेको निष्कर्ष निकालेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिकाे पूर्ण पाठ छ-

आज माघ २७ गते चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठक नेपाल कम्युनिस्ट पार्टीको
केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बस्यो । बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न यो
संयुक्त प्रेश विज्ञप्ति जारी गरिएको छ ।
१) देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गंभिर अवस्थामा
रहेको निष्कर्ष निकालियो ।
२) नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी
चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी
बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ ।
३) पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनीक गर्न
आगामी फाल्गुण १५ गते चार पार्टीको बैठक बस्ने निर्णय लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।