१४ बैशाख २०८१, शुक्रबार

नेकपा मकवानपुरको तेश्रो पूर्ण बैठक सम्पन्न, संगठन विस्तार तथा जनसम्बन्ध सुदृढ गर्ने अभियान’को विस्तृत कार्ययोजना निर्माण

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको तेश्रो पूर्ण बैठक आज बसेको छ । बैठकले पार्टी केन्द्रको तेश्रो पूर्ण बैठक पश्चात् नारायणी व्युरोको प्रथम बैठकले पारित गरेको कार्ययोजनाबारे विविध निर्णयहरु गरेको छ ।

शुक्रबार नेकपा मकवानपुरको जिल्ला सम्पर्क कार्यलयमा बैठक बसेको हो । बैठकमा नारायणी व्युरोका व्युरो इन्चार्ज तथा पार्टीका पोलिट व्युरो सदस्य एटम सीको प्रमुख आतिथ्यता र जिल्ला इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य राम सीको आतिथ्यता रहेको छ । जिल्ला सेक्रेटरी तथा केन्द्रिय प्रतिनिधि समिति सदस्य सुर्य सीको अध्यक्षतामा बसेको बैठकले ‘संगठन बिस्तार तथा जनसम्बन्ध सुदृढ गर्ने अभियान’को बिस्तृत कार्ययोजना निर्माण गर्दै कार्यन्वयन गर्ने निर्णय गरेको छ ।

पार्टीको भाव सम्प्रेषणार्थ बैठकमा उपस्थित सबै जिल्ला समितिलाई प्रशिक्षित गर्दै बैठकका प्रमुख अतिथी एटम सीले अवस्थ बदल्न व्यवस्था बदल्नुपर्छ भन्ने धारणा पेस गरेका छन् । साथै जनजीविकासँग सम्बन्धित विविध विषयमा पार्टीले जनसंघर्ष गर्दै अघि बढ्ने र उत्पादनमा जोड दिने विषय प्रस्तुत गरेका छन् ।

बैठकमा पार्टी केन्द्रको परिपत्र, नारायणी व्युरोको परिपत्र र निर्देशिका नेकपा मकवानपुरका सचिवालय सदस्य गुण सीले वाचन गरेका हुन् । बैठककै बीचमा नारायणी व्युरो इन्चार्ज एटम सी र मकवानपुर जिल्ला इन्चार्ज राम सीलाई नेकपा मकवानपुरले स्वागत समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।