१४ बैशाख २०८१, शुक्रबार

नेकपा सगरमाथा ब्युरोले जनजीविकाका पक्षमा संघर्ष गर्ने

0

अनिता गजमेर,

२७ माघ उदयपुर /नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्यूरोले बढ्दै गैरहेको भ्रष्टाचार , महङ्गी , सामाजिक असुरक्षा लगाएत जनताका जिविकाका सम्बन्धमा संघर्ष सञ्चालन गर्ने निर्णय गरेको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम् सगरमाथा ब्यूरो इन्चार्ज शैलेशको अध्यक्षतामा शुक्रबार सम्पन्न ब्यूरोको प्रथम बैठकले यस्तो निर्णय गरेको हो।

नेकपाको ६ महिने आवधिक योजनाका राजनीतिक , आर्थिक , संगठन र संघर्ष सम्बन्धि लक्ष्यहरु हासिल गर्न योजना निर्माण गर्दै सम्पन्न भएको बैठकले स्थानीय प्राकृतिक श्रोत साधन गैरकानुनी ढङ्गले दोहन गर्ने उपर जनसंघर्ष गर्ने र महङ्गी र भ्रष्टाचार विरुद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको ।

यस्तै बैठकले सङ्गठनको कार्यबिभाजन अन्तर्गत ज ब स /मोर्चामा दुर्गा सी ,उत्पादन बिभागमा मीन सी,भोजपुर ईन्चार्ज त्रिलोचन सी, भोजपुर सेक्रेटरी तिलक सी, खोटाङ्ग ईन्चार्ज सञ्जीव सी, खोटाङ सेक्रेटरी सुदिप सी ,सोलुखुम्बु इन्चार्ज – सेक्रेटरी निमा सी ,ओखलढुंगा ईन्चार्ज लक्ष्मण सी ,उदयपुर ईन्चार्ज अमृत सी र उदयपुर सेक्रेटरी जीत बहादुर सी लाई कार्यक्षेत्र निर्धारण गरेको जानकारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।