७ बैशाख २०८१, शुक्रबार

नेकपा प्रकाशन तथा प्रचार विभागको दोस्रो बैठक सम्पन्न

0

२७ माघ ,काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय प्रकाशन तथा प्रचारप्रसार विभागको दोस्रो बैठक आज सम्पन्न भएको छ। हालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकले लिएका प्रचारप्रसार तथा प्रकाशन सम्बन्धित लक्ष्य र निर्णयहरुको कार्यान्वयनबारे ठोस योजना तय गर्ने उदेश्यले बैठक सम्पन्न भएको हो।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रकाशन तथा प्रचारप्रसार विभाग इन्चार्ज अनिल शर्मा विरहीको अध्यक्षतामा भएको बैठकमा प्रकाशन तथा प्रचार सम्बन्धि कामलाई आन्दोलनको आवश्यकता अनुसार विकास गर्न र बैज्ञानिक समाजवादी क्रान्तिको महत्त्वपूर्ण माध्यमको रुपमा सञ्चार मोर्चालाई ब्यवस्थित गर्नुपर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विभागलाई निर्देशन दिएका छन् ।

बैठकले पार्टी प्रकाशनलाई व्यवस्थित गर्ने, मासिक रुपमा म्यागेजिन प्रकाशन गर्ने र जनपत्रिका डटकमलाई थप प्रभावकारी बनाउन विभागका सदस्यहरूको कार्य विभाजन समेत गरेको जानकारी श्रोतले दिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।