१४ बैशाख २०८१, शुक्रबार

महिलाहरुको मुक्ति समाजवादी क्रान्तिले मात्र हुनेछ: प्रकाण्ड

0

पुष्पा साउद

२७ माघ , काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सी ले महिलाहरु माथिको लैङ्गिक , सामाजिक , सास्कृतिक , आर्थिक र राजनीतिक उत्पीडनको अन्त्य र महिलाहरुको पुर्ण मुक्ति समाजवादी क्रान्तिवाट मात्रै हुने बताएका छन।शुक्रबार काठमाडौमा आयोजित अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )को चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन।

नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामा महिलाहरुको सहभागिता अनिवार्य भएको दाबी गर्दै प्रबक्ता प्रकाण्डले महिला आन्दोलनलाई नयाँ दिशा र स्वरूप दिनको लागि नेकपाले नयाँ संश्लेषण सहित महिला मुक्ति र आन्दोलनका बिषयमा नयाँ नीतिहरु अघि सारेको बताए ।

“नेपाली समाजमा रहेको पुरुषवादी सामन्ती सोचका कारण विगत देखि महिलाहरुले विभिन्न अधिकारबाट वञ्चित रहनुपर्ने , अमानवीय व्यवहारको सिकार बन्नुपर्ने जुन परिस्थिति छ यी सबै असमानताको अन्त्य वैज्ञानिक समाजवादमा मात्रै हुनेछ” -प्रबक्ता प्रकाण्डले थपे-” नेपालको वर्तमान संसदीय व्यवस्थाको संविधान र कानुनमा जतिसुकै समानुपातिक र समावेशिताको नारा दिए पनि यो व्यवस्थाका सञ्चालकहरुले त्यो मुद्दालाई व्यापारको विषय बनाएको र आफ्नो स्वार्थमा उपयोग गरेका छन।”

बैठकमा नेपाल कम्युनिस्ट पार्टी पोलिट ब्युरो सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी कि अध्यक्ष बन्धु सी ले महिलाहरुको संघर्षशील विरासतलाई रक्षा गर्न महिलाहरु आफै जागृत हुनुपर्ने भन्दै महिलाहरु बैचारिक रुपमा स्पस्ट हुँदै समस्या भन्दा पनि समाधानलाई केन्द्रमा राखेर अगाडि बढ्ने महिला नेतृत्व अहिलेको आबश्यकता रहेको बताइन् ।

संगठन कि अध्यक्ष बन्धु सी को अध्यक्षतामा बसेको चौथो बैठकमा पार्टी स्थायी समिति सदस्य शिलु सी, पोलिट ब्युरो सदस्यहरु आस्था सी, विश्वक्रान्ति सी लगायत संगठनका केन्द्रीय समिति सदस्यहरूको सहभागिता रहेको थियो भने बैठकले संगठनका कामहरूको मुल्यांकन गर्दै आगामी योजना तय गर्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।