२० चैत्र २०८१, बुधबार

अ.ने.म.संघ क्रान्तिकारी कालिकोटले महिला नेतृत्व विकास अभियान संचालन गर्ने

0

कालिकोट । नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी कालिकोटले समाजवादका लागि महिला नेतृत्व विकास अभियान संचालन गर्ने भएको छ ।
अ.ने.म.संघ क्रान्तिकारीको बिहीबार जिल्लाको रेगिलमा सम्पन्न चौथो पूर्ण बैठकले जिल्लामा समाजवादका लागि महिला नेतृत्व विकास अभियान संचालन गर्ने निर्णय गरेको हो ।
बैठकले चैत्र २६ गतेको महिला प्रतिरोध दिवस पार्टीको आयोजनामा मान्ममा भव्य रुपमा मनाउने निर्णय पनि गरेको छ ।
२०५४ साल चैत्र २६ गते विथोल्डाँडामा महिलाहरुले जनदमनमा गएको प्रहरीसंग प्रतिरोध गरी हतियार खोसेको घटनालाई अ.ने.म.संघ क्रान्तिकारीले हरेक वर्ष प्रतिरोध दिवस मनाउदै आएको छ ।
तर यो बर्ष भने नेकपाकै आयोजनामा नेकपाका प्रवक्ता प्रकाण्डकै उपस्थितिमा मान्ममा भव्य रुपमा प्रतिरोध दिवस मनाउने तयारी छ ।
त्यो कार्यक्रममा महिलाहरुलाई उल्लेखिय रुपमा सहभागीता गराउने अ.ने.म.संघ क्रान्तिकारीको बैठकले निर्णय गरेको हो ।
बैठकले समाजवादका लागि महिला नेतृत्व विकास अभियान मार्फत जिल्लाका सबैपालिका स्तरमा महिला संगठनहरु बनाउने पनि निर्णय गरेको छ ।
अ.ने.म.संघ क्रान्तिकारीले समाजवाद विना महिला मुक्ति सम्भव नहुने भन्दै समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि सबै महिलाहरुलाई संगठित गर्ने बताएको छ ।
बैठकका प्रमुख अतिथि नेकपाका जिल्ला इन्चार्ज विवेक सीले बैठकलाई सम्बाेधन गर्दै समाजवादले मात्र महिलाहरुको हक अधिकारको ग्यारेण्टी गर्ने दाबी गरे ।
उनले समाजवादी क्रान्तिमा एकताबद्ध भएर लाग्न महिलाहरुलाई अपिल पनि गरे ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी बलवान सी, अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रीय सदस्य सर्मिला सीले महिलाहरुको एकता विना समाजवादी क्रान्तिले पूर्णता नपाउने बताए
उनीहरुले गणतन्त्रले हल नगरको मुद्धा समाजवादले मात्र हल गर्ने दाबी गर्दै स्वस्फुर्त रुपमा महिलाहरु समाजवादी क्रान्तिको यात्रामा लाग्नु पर्ने धारणा राखे ।
बैठक अ.ने.म.संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष नविना सीको अध्यक्षतामा बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।