२३ भाद्र २०८१, आईतवार

अ.ने.म.संघ क्रान्तिकारी मकवानपुरको बैठक सम्पन्न, राष्ट्रिय सम्मेलनकाे तयारीमा लाग्ने

0

अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति मकवानपुरको आठौं पूर्ण बैठक सम्पन्न भएको छ । हेटौंडा-१, जरुवाटोलस्थित पार्टी कार्यलयमा बसेको बैठकले आगामी ६ महिने आवधिक योजनासहित राष्ट्रिय सम्मेलनको तयारीमा लाग्ने निर्णय गरेको छ । 

प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथि अखिल नेपाल महिला संघ क्रान्तिकारीका उपाध्यक्ष भृकुटी सीले महिला मुक्ति र अधिकारका लागि समाजवादी राज्य व्यवस्था स्थापना गर्न विशेष पहल गर्नुपर्ने बताए । बैठकमा पार्टीका जिल्ला इन्चार्ज राम सीले पनि प्रशिक्षणात्मक मन्तव्य राखेका छन् । 

बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष भृकुटी सीको प्रमुख आतिथ्यता रहेको छ । त्यस्तै नेकपा केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको विशेष आतिथ्यता रहेको छ । साथै पार्टीका वैकल्पिक केन्द्रिय सदस्य मिङमार सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सेक्रेटरी सुर्य सी, अखिल समाजवादीका केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुर/बारा जिल्ला इन्चार्ज एवम् नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य सुर्य सीको आतिथ्यता रहेको छ ।

बैठकले आगामी भाद्रा ८ गते अनेम संघ क्रान्तिकारी मकवानपुरको ११ औं जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलनको तयारीका लागि बैठकले जिल्ला सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । जसमा हेटौंडा उपमहानगरपालिका संयोजक विमला सी र सह-संयोजक शुक्रमाया सी, मनहरी गाउँपालिका संयोजक शान्ति सी र सह-संयोजक पार्वती सी रहेका छन् । त्यस्तै कैलाश गाउँपालिका संयोजक तारा सी र भिमफेदी गाउँपालिका संयोजक सरस्वती सी रहेका छन् । बाँकी पालिका कार्यलयले हेर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।