९ माघ २०८१, बुधबार

नेकपा नेता भरत सी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीबीच भेटवार्ता

0

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारी बीच भेटवार्ता भएको छ ।

नेकपाका नेता भरत सी र मुख्यमन्त्री सोडारीबीच शुक्रबार मुख्यमन्त्रीको सरकारी निबास धनगढीमा भेटवार्ता भएको हो ।
भेटवार्तामा दुबै नेताहरु बीच सुदूरपश्चिममा समाजवादी मोर्चाका कामहरु,कम्युनिष्टहरु बीचको सहकार्य, एकता, मोर्चाको निरन्तरता लगायतका विषयमा छलफल भएको छ ।

भेटवार्तामा नेकपाका नेता भरत सीले मुख्यमन्त्री सोडारी समक्ष कम्युनिस्टहरुलाई सक्ने गरी साम्राज्यबादी हस्तक्षेप बढिरहेको बताउदै यो बेला कम्युनिस्टहरुबीच एकता जरुरी भएको धारणा राखेका थिए ।

उनले कम्युनिष्ट एकतासंगै व्यबहारमा नयाँपन देखाउनेगरी अगाडि बढ्नुपर्ने विचार राखे । कम्युनिष्टहरुमा एकता नहुने हो भने नेपाल पश्चिम बङगाल,चिली अथबा पेरु बन्ने खतरा रहेको औल्याउदै नेता भरतले भने ‘नेपाल कम्युनिष्ट पार्टीले जनश्रम सहकारी मार्फत देशैभरी काम गरीरहेको छ, आफुहरुले कृषि कार्य ,खेती र उद्योग सञ्चालन गरिरहेका छौ,यसमा सरकारको सहकार्य जरुरी छ ।’

भेटवार्ताका क्रममा नेता भरतले अब देशको आर्थिक बिकासका लागि एकीकृत स्वामित्व अन्तर्गत जानु पर्ने बताए । उनले कृषि कार्यबाट फाइदा छैन भन्ने भाष्यलाई चिर्दै नेपाल कम्युनिष्ट पाटीले देशैभर नेता कार्यकर्ताहरुलाई उत्पादनसंग जोडेको र यसमा सरकारले स्वामित्व लिनु पर्ने बताए ।
नेता भरतले बजेट,नीति तथा योजना बनाउदा विचौलीयाहरुको साँठगाठ रोक्नु पर्ने र जनमुखी बजेट ल्याउन मुख्यमन्त्री सोडारीलाई सुझाव दिए ।
मुख्यमन्त्र्री सोडारीले भेटवार्ताका अवसरमा नेकपाका नेता भरत सीले राखेको धारणा र सुझावमाथि धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टीले राखेको अहिलेको विचार र योजना सहि भएको बताए ।

उनले उत्पादनका दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सरकारले पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीबाट सिको गर्नु पर्छ भन्ने छलफल चलेको बताए । उनले कृषि क्षेत्रमा उत्पादन बढाउने गरी बजेट विनियोजन गरिने बताउदै पहाडमा भट्मास र तराईमा धान र गहुँमा जोड दिने र नेकपासंग सहकार्य गर्ने बताए ।

मुख्यमन्त्री सोडारीले फलफुल तथा अन्य तरकारी खेतीमा पनि सुदूरपश्चिम प्रदेश सरकारले विशेष चासो दिएर काम गर्ने विश्वास दिलाए । भेटबार्तामा नेकपाका कैलाली जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य प्रकाश सी,युवासंगठन नेपाल सुदूरपश्च्मि प्रदेशका इन्चार्ज सुशिल सी लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।