३१ भाद्र २०८१, सोमबार

घोराहीमा विना सूचना पटक-पटक लोडसेडिङ भएपछि नेकपाको ध्यानाकर्षण

0

घोराही । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरले गर्मी मौसमको समयमा घोराहीमा बिना सूचना विद्युत लोडसेडिङ भएपछि नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ ।

पार्टीले शुक्रबार विद्युत कार्यालयमै पुगेर गर्मी समयमा बिना सूचना पटक-पटक  विद्युत काटिने लगायतका समसामयिक विषयमा कार्यालय प्रमुख दिवाकर प्याकुरेललाई ध्यानाकर्षण गराएको  हो ।

पार्टीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं.२ का इञ्चार्ज पाटन सीले विद्युत प्राधिकरण घोराहीका कार्यालय प्रमुख दिवाकर प्याकुरेलसँग विद्युतको विषयमा छलफल गर्दै अत्याधिक गर्मी समयमा विद्युतमा देखिएको समस्या चाँडै समाधान गर्नुपर्ने बताए । उनले गर्मी समयमा पूर्व जानकारी तथा बिना सूचना पटक-पटक  विद्युत लोडसेडिङ हुने समस्या आम नागरिकले भोग्नुपरेको हुँदा त्यसलाई  तत्काल निराकरण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै विद्युत प्राधिकरण घोराही कार्यालयका प्रमुख दिवाकर प्याकुरेलले लोडसेडिङ नभएको भएपनि प्राविधिक कारणले विद्युत जाने समस्या भएको बताए । उनले घोराहीमा विद्युतका पोलमा साना तार जडान भएको र बजार क्षेत्रमा ट्रान्समिटर राख्न नदिँदा केही समस्याहरु भएको कुरामा जोड दिँदै गर्मी समयमा विद्युत जाने समस्या चाँडै हल हुने जानकारी दिए ।

पार्टीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं.२ का इञ्चार्ज पाटन सीको नेतृत्वमा पार्टी घोराही उपमहानगरका इञ्चार्ज विकास सी, युवा संगठन नेपाल दाङका इञ्चार्ज पदम सी, आखिल (समाजवादी)का केन्द्रीय सदस्यद्वय दिपक सी र  खुम सीलगायको टोली विद्युतको  कार्यालयमा पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।