२२ भाद्र २०८१, शनिबार

एक गाँउ एक दलित पत्रकार बनाउनु पर्छः विनोद पहाडी

0

काठमाडौ । राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडीले एक गाउँ एक दलित पत्रकार बनाउनु पर्ने बताएका छन ।

राष्ट्रिय पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवसका अवसरमा शुक्रवार काठमाडौको भद्रकाली स्थिति राष्ट्रिय महिला आयोगको सभाहलमा आयोजित ‘आम सञ्चार र समावेशी सवाल विषयक’ अन्तरसम्वाद कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष पहाडीले एक गाँउ, एक दलित पत्रकार बनाउनु पर्ने बताएका हुन ।

उनले दलित समुदायहरुका साझा एजेण्डा बोक्ने र दलित समुदायलाई राज्यको मुलप्रवाहमा पुर्याउने उद्देश्यले राष्ट्रिय दलित पत्रकार संघ नेपालको गठन भएको स्पष्ट पारे ।

अध्यक्ष पहाडीले भने ‘एक गाउँ एक दलित पत्रकार चाहिन्छ, यसले मात्र दलितहरुका मुद्धा उठाउन सकिन्छ, दलितहरुका मुद्धा साझा मुद्धा हुन, सबै विचार आस्था राख्नेहरुको यो संगठन हो ।’

अध्यक्ष पहाडीले जसको सवाल उसको नेतृत्व आवश्कता परेको बताए । उनले करिव १५ सय जति राष्ट्रिय दलित पत्रकार संघमा दलित पत्रकार सदस्य रहेको जानकारी दिए ।

उनले विभिन्न पुरस्कार राशीहरु समेत बनाईएको चर्चा गर्दै दलितमाथि हुने कुनै पनि विभेद विरुद्ध र समाज रुपान्तरणको अभियानमा योगदान दिने पत्रकारहरुलाई सम्मान गर्ने बताए । उनले दलित समुदायका पत्रकारहरुले चलाएको संचार मिडियाहरुमा राज्यले रोयल्टी र कर छुट दिने व्यवस्था गर्न पनि माग गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।