२२ भाद्र २०८१, शनिबार

गणतन्त्र पछि पनि दलित माथिको विभेद अन्त भएनः शेरबहादुर

0

काठमाडौ । जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले नेपालमा गणतन्त्र प्राप्त पछि पनि दलित समुदायमाथिको विभेद अन्त नभएको ठोकुवा गरेका छन ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवसका अवसरमा शुक्रवार काठमाडौको भद्रकाली स्थिति राष्ट्रिय महिला आयोगको सभाहलमा आयोजित ‘आम सञ्चार र समावेशी सवाल विषयक’ अन्तरसम्वाद कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष विश्वकर्माले गणतन्त्र पछि पनि दलितमाथिको विभेद अन्त नभएको ठोकुवा गरेका हुन ।

उनले अहिले पनि देशका विभिन्न ठाउँमा दलितमाथि विभेद तथा छुवाछुत भईरहको भन्दै यो गम्भीर आपत्तिको विषय भएको बताए ।

अध्यक्ष शेरबहादुरले गणतन्त्रको व्यवस्थाले केही कानुन र संविधान बनाएपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसक्दा समस्या फेरी पनि बल्झिएको बताए । उनले पुराना संचार सम्वन्धिका ऐन र कानूनमा टिकेर वर्तमान समयमा आम सञ्चारका क्षेत्रका समस्या समाधान नहुने ठोकुवा गरे ।

उनले भने ‘विचाराधिन विधेयकहरु छिटो पारित गरिहोस,दलित पत्रकारलाई टिक्ने व्यवस्था गरिहोस ।’ उनले लोक कल्याणकारी विज्ञापनको मात्रालाई सरकारले बढाउनु पर्ने पनि सुझाव दिए । उनले समावेशीकरणको मुद्धा विकृतिकरणतिर जान थालेको भन्दै नाममा समावेशीकरण भनिएपनि व्यवहारमा नभएको जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।