२२ भाद्र २०८१, शनिबार

दलित सहभागिताका लागि कानून बाध्यकारी बनाउनु पर्छः सञ्चारमन्त्री शर्मा

0

काठमाडौ । नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राज्यका हरेक निकायमा दलित सहभागिता सुनिश्चित गर्न काूनन बाध्यकारी बनाईनु पर्ने बताएकी छन ।

राष्ट्रिय दलित पत्रकार संघको पाँचौ स्थापना दिवसका अवसरमा सुक्रवार राष्ट्रिय महिला आयोगको सभाहलमा आयोजित ‘आम सञ्चार र समावेशी सवाल विषयक’ अन्तरसम्वाद कार्यक्रमलाई सम्वोधन गर्दै सञ्चारमन्त्री शर्माले दलित सहभागिता सुनिश्चित गर्न कानून बाध्यकारी बनाईनु पर्ने बताएकी हुन ।

उनले भनिन् ‘कानुनमा बाध्यकारी व्यवस्था भएकाले स्थानीय तहमा महिला उपप्रमुख अनिवार्य जस्तो भयो, वडा सदस्यमा एक महिला र एक दलित महिला अनिवार्य भयो । यो बाध्यकारी कानुन बनाएकाले हो । अब दलित समुदाय र पत्रकार सहभागिताका लागि बाध्यकारी कानून बनाउनु पर्छ ।’

सञ्चारमन्त्री शर्माले राजनीतिक उपलब्धि र सामाजिक चेतनाका बिच अन्तर परेकाले कानून कार्यान्वयमा समस्या आएको बताईन । उनले मिडिया काउन्सिल विद्येयक,आम सञ्चार ऐन,सामाजिक सञ्जाल सम्बन्धित विद्येयक र चलचित्र सम्वन्धि विद्येयक छलफलमा भएकाले छिट्टै आउने विश्वास दिलाईन ।

उनले लोकतान्त्रिक गणतन्त्र सामान्य तरिकाले नआएको चर्चा गर्दै यसको विकासका लागि सबै लाग्नु पर्ने धारणा राखिन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।