२१ बैशाख २०८१, शुक्रबार

अखिल नेपाल महिला संघ क्रान्तिकारी सर्लाहीको दोस्रो भेला सम्पन्न, अध्यक्षमा सुदामा

0

अखिल नेपाल महिला संघ क्रान्तिकारी सर्लाहीको दोस्रो जिल्ला भेला सुदामा सीको नेतृत्वमा ३५ सदस्य जिल्ला कमिटी गठन गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमल सी, अतिथि सिन्धुली जिल्ला सेक्रेटरी जनक सी, अ. ने. म. सं. क्रान्तिकारी केन्द्रीय सदस्य पश्चिम जनकपुर ब्यूरो संयोजक प्रमिला सी, पार्टीको जिल्ला सदस्यहरु किशुन देव, रामपुकार, प्रमेश्वर, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भेलाले ३५ सदस्य जिल्ला कमिटी चयन गरेको छ ।जसमा अध्यक्ष सुदामा सी, सचिव प्रमिला सी, कोषाध्यक्ष जानुका लगायत रहेका छन् । कार्यक्रम इश्वरपुर नगरपालिका उद्योग वाणिज्य संघ बयलबासको सभा हलमा भएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।