२३ बैशाख २०८१, आईतवार

वर्तमान राजनीतिक संकट त्यसमा संचारको प्रभाव विषयक अन्तरक्रिया बुटवलमा जारी

0

बुटवल- वर्तमान राजनितिक संकट त्यसमा संचार प्रभाव विषेयक अन्तर्कृया कार्यक्रम बुटवलमा सुरु भएको छ।
बिहीबार जनप्रचार तथा प्रकाशन प्रा.लि.द्वारा आयोजित अन्तर्कृया बुटवलको पश्चिम नेपाल यातायात व्यवसायी प्रा.लि.को हलमा सुरु भएको हो ।
प्रा.लि.का प्रबन्ध निर्देशक तथा नेकपाका केन्द्रीय सदस्य सन्जिव सीको अध्यक्षतामा सुरु भएको कार्यक्रम अहिले पश्चिम् नेपाल यातायात व्यवसायी संघको हलमा जारी छ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीको प्रमुख आतिथ्यता तथा अवधारणा प्रस्तुतबाट सुरु भएको कार्यक्रममा अतिथि वक्ताहरुले आफ्नो धारण राखिरहेका छन् ।
अहिले सम्म उद्योग वाणिज्य महासंघ बुटवलका कार्यबाहक अध्यक्ष सुरज भट्टराई, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का, प्रेस सेन्टर नेपालका रुपन्देही अध्यक्ष बिष्णु पोखरेल, प्रेस युनियनकी उपाध्यक्ष लगाएतले आफ्नो धारणा राखिसकेका छन्।
अहिले प्रेस चौतारी रुपन्देहिका अध्यक्षले अवधारणामा केन्द्रित रहेर आफ्नो धारणा राखिरहेका छन् ।
धारणा रख्ने सबै वक्ताहरुले अन्तर्कृयाको बिषय निकै सान्दर्भिक र उठाइकेका बिषय ओजिलो रहेको र यस्ता बहस निरन्तर चल्नु पर्नेमा जोड दिएका छन् ।
बुटवलमा जारी अन्तर्कृयामा नेकपाका स्थायी समिति सदस्य अनिल सीको प्रमुख आतिथ्यता तथा पोलिट ब्युरो सदस्य भेसराज सी, प्रज्वलन सी विभिन्न संचार सम्वद्ध ब्यक्तित्व, ब्यवसायी, बुद्दिजिवी, शिक्षाविदहरुको आतिथ्यता रहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।