२३ बैशाख २०८१, आईतवार

जनप्रचार तथा प्रकाशनको आयोजनामा बुटवलमा बृहत् अन्तरक्रिया कार्यक्रम हुँदै

0

जनप्रचार तथा प्रकाशन प्रा.लि.को आयोजनामा बुटवलमा बिहीबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
वर्तमान राजनीतिक, आर्थिक संकट र त्यसमा मिडियाको प्रभाव विषयक अन्तरक्रियामा नेकपाका स्थायी समिति सदस्य एवम् प्रचार तथा प्रकाशन प्रा.लि.का निर्देशक अनिल शर्माद्वारा प्रस्तुत अवधारणा पत्रमा बृहत बहस हुनेछ ।
कार्यक्रममा बरिस्ठ अधिवक्ता दिल दाहानी, राससका पूर्व अध्यक्ष डाक्टर बालकृष्ण चापागाईं, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी अर्याल, नेपाल पत्रकार महासंघका लुम्बिनी अध्यक्ष विक्रम खड्का लगायतका संचार सम्बद्ध संघ संस्थाका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रा.लि.का प्रधानसम्पादक प्रकाश डुम्रेले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।