१५ चैत्र २०८०, बिहीबार

नेकपाले यसरी मनाउँदैछ जनयुद्ध दिवस

0

२८ माघ, काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले नेपालमा नयाँ जनवादी क्रान्ति , समाजवाद र साम्यवादी उदेश्य सहित जनयुद्ध शुरु भएको दिन फाल्गुन १ गतेलाई विभिन्न उत्सव र दिपावली सहित जनयुद्ध दिवस मनाउने भएको छ।

प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गरौं , नयाँ जनवादी राज्यसत्ता स्थापनाको दिशामा अगाडि बढौ भन्ने मुख्य उदेश्य सहित २७ बर्ष अघि अर्थात वि. स.२०५२ साल फाल्गुन १ गतेबाट शुरु भएको जनयुद्धको स्मरण , सम्मान र प्रतिबद्धता स्वरुप आगामी फाल्गुन १ गते उत्सवपुर्ण रुपमा जनयुद्ध दिवस मनाउने भएको हो।

शनिबार पार्टीका महासचिव विप्लव सीले ऐतिहासिक जनयुद्ध दिवस भव्य र उत्सवमय बनाउन पार्टी मातहतका निकायहरुलाई निर्देशन गर्दै परिपत्र जारी गरेका छन।

जनयुद्ध दिवसका अवसरमा फाल्गुन १ गते बिहान वाजागाजा सहित सडक परिक्रमा गर्ने, दिउँसो भोज सहित उत्सव कार्यक्रम गर्ने र साँझ चोक र घरआगनमा दिप प्रज्वलन सहित दिपावली मनाउने कार्यक्रम रहेको कुरा नेकपा केन्द्रिय कार्यालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।