१७ असार २०८२, मंगलवार

अ.ने.म.संघ क्रान्तिकारीले समाजवादका लागि अभियान सञ्चालन गर्ने

0

२९ माघ , काठमाडौँ अखिल नेपाल महिला संघ क्रान्तिकारीले महिलाहरुमाथि हुने सामाजिक आर्थिक राजनीतिक र सांस्कृतिक उत्पीडन विरुद्ध संघर्ष गर्न र बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाका लागि जनमत निर्माण गर्ने उदेश्यले ६ महिने संगठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। शनिबार काठमाडौँमा सम्पन्न भएको संगठनको चौथो पुर्ण बैठकले यस्तो निर्णय गरेको हो।


अनेमसंघ क्रान्तिकारीले विद्यमान संसदिय व्यवस्था अन्तर्गत दिइएका समानुपातिक समावेशी प्रतिनिधित्व देखि आर्थिक -राजनीतिक अधिकार समेत व्यापारको बिषय भएको, संसदिय व्यवस्था निश्चित पुजिका मालिकहरुको मात्रै ब्यस्था भएकोले यस अन्तर्गत महिला अधिकार र मुक्तिको सम्भावना नरहेको भन्दै महिलाहरुको पुर्ण अधिकारका लागि समाजवादी क्रान्ति अनिवार्य रहेको निष्कर्ष निकालेको हो।


अध्यक्ष बन्धु सी को अध्यक्षता भएको चौथो पुर्ण बैठकमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य शिलु, नेकपा पोलिटब्युरो सदस्यहरु आस्था, विश्वक्रान्ति लगाएत संगठनमा आवद्ध महिला नेताहरूको सहभागितामा रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।