१३ बैशाख २०८१, बिहीबार

संसदीय पुजीवादी व्यवस्थामा संकट आइसकेकाले यसको विकल्प वैज्ञानिक समाजवाद : रणवीर

0

जाजरकोट: नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्यूरोको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेकपाको हालै सम्पन्न नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकले लिएका राजनीतिक , संगठन , संघर्ष र आर्थिक योजनाको मर्म र जिम्मेवारीबारे सम्प्रेषण गर्ने उदेश्यले प्रशिक्षण आयोजना गरिएको हो। प्रशिक्षणका क्रममा नेकपाका स्थायी समिति सदस्य भरत सीले दलाल संसदीय पुजीवादी ब्यवस्थामा संकट आइसकेको र यसकाे एकमात्र विकल्प वैज्ञानिक समाजवाद रहेको बताए ।
जाजरकोटको रिम्ना स्थित शहिद स्मृति भवनको सभाहलमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सी ले ६ महिने योजनाको उचाई र पार्टी कार्यभारबारे प्रशिक्षण दिएका थिए ।

जारकोट जिल्ला इन्चार्ज पौरख सीको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा दक्षिण कर्णाली ब्युरो इन्चार्ज सङ्गम सी र योद्दा सी लगायत डोल्पा र जाजरकोटका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
सुर्यकिरण सीले सञ्चालन गरेको कार्यक्रममा नेकपा जाजरकोटका सेक्रेटरी तथा दक्षिण कर्णाली ब्युरो सदस्य बिराजन सी ले मन्तव्यद्वारा स्वागत गरेका थिए । उक्त कार्यक्रममा २५ दिन गैरकानुनी हिरासतबाट छुटेका नेकपा जाजरकोटका सचिवालाय सदस्य तथा जनपत्रकार सङठन नेपालका केन्द्रीय सदस्य निराजन सी लाई प्रमुख अतिथि भरत सीद्वारा खादा र अविर टिका लगाइ सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।