१२ बैशाख २०८१, बुधबार

नेकपा रुपन्देहीले गर्यो संघर्षका कार्यक्रम सार्वजनिक 

0

बुटवल: नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

लामो समयपछि नेकपा महासचिव विप्लवले काठमाडौँमा भेटघाट तथा  पत्रकार सम्मेलन गरि पार्टीका कार्यक्रम सार्वजनिक गरे लगत्तै नेकपा रुपन्देहीले पनि राष्ट्रिय तथा स्थानीय मुद्दाहरुलाई लिएर संघर्ष गर्ने भएको हो ।

पछिल्लो समय बैंक तथा लघुवित्तले बढाएको ब्याजदर, चर्को घरबहाल भाडा  एवं मिटरब्याजीहरुको कारण उद्योगी व्यवसायी तथा आम नागरिक मर्कामा परेको भन्दै समयमै सच्चाउन र राष्ट्रिय पुजीको संरक्षण गर्दै उद्योग व्यापारलाई प्रोत्साहन गर्न ब्याजदर एक अंकमा झार्न दबाब दिने  र समस्याको किटान गरि कार्बाही समेत गरिने नेकपाका केन्द्रीय सदस्य शरद सी ले जानकारी दिए  । नेता शरदले स्थानिय स्तरमा भएका समस्या भूमिहिन तथा सुकुम्बासीका लालपुर्जा लगायतका समस्या, तिनाउ दानव नदी कोरिडोर पीडितका उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थापन लगायतका समस्या, ज्योतिनगर पहिरो पीडितका समस्या, स्थानिय तहमा विकास निर्माणदेखि संघ संस्थामा देखिएका भ्रष्टाचार र विसंगतिका समस्याहरुमा आफ्नो पार्टीले ठोस कार्यक्रम बनाएर संघर्ष गर्ने बताए। संघर्षका विषयमा जनकारबाही भन्नाले कस्तो खालको कारबाही भन्ने पत्रकारको जिज्ञासामा नेता शरदले भने, ‘हामी जनसरोकारका मुद्दामा जनस्तरबाट जनताको सहभागितामा पार्टीले नेतृत्व गरेर संघर्ष र कारबाही गर्छौं जुन जनअनुमोदित हुनेछन् ।”

 यस्तै पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सेक्रेटरी विरेन्द्र सीले चौंथो जिल्ला बैठकका निर्णयहरुको विज्ञप्ति पढेर सुनाएका थिए । सेक्रेटरी विरेन्द्रले फागुन १ गते बुटवलमा ‘जनयुद्धका उपलब्धी र समस्या’ विषयक बृहत् अन्तरक्रिया गर्ने, सहिद सप्ताह विविध कार्यक्रम गरि मनाउने, जनसम्बन्ध विस्तार अभियान २०७९ लगायतका कार्यक्रम गर्ने जनाए ।
कार्यक्रममा सहिद बेपत्ता योद्धा परिवार समाजकी सचिव जया सी, जिल्ला सल्लाहकार ज्योतिलाल सी लगायतको उपस्थिति थियो भने पत्रकार सम्मेलनको संचालन जनपत्रकार संगठन रुपन्देहीका संयोजक विनोद खनालले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।